
काठमाडौँ | शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ९० रुपैयाँले घटेर प्रतितोला ४६६० रुपैयाँमा कारोबार भईरहेको छ ।