2026-10-30 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का

2026-10-05

काठमाडौँ | नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार ३० करोड थान २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार खरिद सम्झौता कागजातको आईटीबी दफा ४.१ बमोजिम सूचीकृत भएका पूर्व(योग्य बोलपत्रदाताहरू मात्र सहभागी हुन पाउनेछन् ।

यो बोलपत्र एकल चरणको दुई खाम प्रणाली अन्तर्गत सञ्चालन हुने र जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई एउटै बाहिरी सिलबन्दी खामभित्र राखी पेस गर्नुपर्नेछ जनाइएको छ । बोलपत्रसम्बन्धी कागजातहरू नोभेम्बर ३ भित्र कार्यालय समयमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौं वा टक्सार प्रभाग, बबरमहलबाट खरिद गर्न सकिनेछ । खरिद प्रक्रियामा लाग्ने शुल्क र जमानत पनि राष्ट्र बैंकले निर्धारण पनि निर्धारण गरेको छ । तर, सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा तिनका सञ्चालक तथा लगानीकर्ताहरू यस बोलपत्रमा सहभागी हुन योग्य हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम