2026-08-27 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङबासीको सपना पुरा, सरर… काठमाण्डौ-तराई सिधा यातायात

चिसाङ शेर्पा मंसिर ८, खोटाङ । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीको मोटरेबल पुल शुक्रवार विहान ९ बजेदेखी अनौपचारिक रुपमा खुल्ला भएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित बाहुनीडाडाँ र ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउपालिका थाक्लेको सिमानामा पर्ने करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुलमा हर्कपुर सडक डिबिजन प्रमुख ईश्वरबहादुर रिजालले डिभिजनको गाडी पार गराएर सर्वसाधारणका लागि खुला गर्नु भएको हो ।

करिब ११ करोडको लागतमा निर्माण गरिएको आरसिसि ससपेन्सन ब्रिज विहीवार सञ्चालन गरिने भनिए पनि लोड टेष्टको काम नसकिएकाले शुक्रवार विहान सञ्चालन गरिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका साईड इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । उनले भने, ‘बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’

खोटाङको संमृद्धिको सुचकको रुपमा हेरिएको नेपालकै नमूना मोटरेबल पक्की पुल सुचारु भएसंगै जिल्लावासीमा खुशियाली छाएको छ । 

ब्यग्र प्रतिक्षापछि पुल सुचारु भएसंगै खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । पुल खोलिए पछि चुनावमा भोट लगाउन आउने–जाने खोटाङवासी तथा जिल्ला वाहिरका सर्वसाधरणलाई राहत पुगेको छ । 

मोटरेबल पुल शुरु भएसंगै खोटाङ–काठमाण्डौ, पुर्वी तराइ–खोटाङ यातायात सिधा भएको छ । पुल नहुँदा दिक्तेलदेखी जयरामघाटसम्म मात्रै यातायात सञ्चालन हुने गर्दथ्यो । हिउँदमा बेलिब्रिज र बर्षादमा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो ।

सम्झौता म्याद नाघेको ५ वर्षपछि निर्माण सम्पन्न भएको पुलले जिल्लालाई स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’