2026-08-27 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ईलामको गाग्रेभञ्ज्याङ–विर्तामोड सडक निर्माणमा ५८% काम सम्पन्न

मङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ । 

डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो । 

उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलवासे–चिसापानी सडक निर्माण भएसँगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ । 

मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिब ११० किलोमिटर पार गर्नुपर्छ । तर सो सडक निर्माणपछि करिब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ । उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ । 

दुई चरणमा काम भइरहेको छ । सो परियोजनाअन्तर्गत ३२ किलोमिटर सडकको स्तरोन्नति गरिने इञ्जिनियर झाले बताउनुभयो । पर्खाल निर्माण ९० प्रतिशत पूरा भएको छ । 

विसं २०७३ चैतदेखि शुरु भएको काम सम्पन्न गर्न आगामी ७४ जेठसम्म कुर्नुपर्ने छ । हाल देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय बासिन्दाले बताए । 

सो सडक भएर साना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । पहिलो चरणमा १६ किलोमिटर सडक निर्माणको जिम्मा देवा निर्माण कम्पनीलाई दिइएको छ भने दोस्रो चरणअन्तर्गतको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीलाई दिइएको छ । 

पहिलो चरणको काम गर्न रु १० करोड ७३ लाखमा ठेक्का सम्झौता भएको छ भने दोस्रो चरणको रु १० करोड १५ लाखमा ठेक्का सम्झौता हुन लागेको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कालोपत्र गर्ने तयारी रहेको आयोजनाका मूल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’