2026-09-19 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटरसाईल वर्कसपमा सरकारी कर्मचारी मनपरी बिल बनाउदैं

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङमा सरकारी कर्मचारीहरुले मोटरसाईकल मर्मत गरे बापत वर्कसपहरुमा मनलाग्दो विल भपाई बनाउँने गरेको पाईएको छ । 

स्थानीय सरकार कायम भएसंगै वर्कसपहरुमा सेतो नम्बर प्लेट भएका सरकारी मोटरवाईकले वर्कसप सञ्चालकले तोकेभन्दा दोब्बर विल बनाउने गरेको पाईएको हो ।

नाम नबताउने शर्तमा वर्कसप सञ्चालक भन्छन् ‘नीजि वाईकभन्दा सरकारी वाईक वर्कसपमा बढी आउँने गरेका छन्् । वडाध्यक्ष तथा सचिव आउछन् मोबिल चेन्जदेखी सानातिना समस्याको समेत उनीहरु बिल बढाई माग्छन् ।’

मैले त कतीपय सरकारी वाईकवाला साथीहरुलाई भन्छु हामीले यसो गर्नु हुन्न तर, उनीहरु मान्दैनन् । उनले भने, “मैले बिल बढाईदिए उनीहरु खुशी हुन्छन् नबढाउने कुरा गर्दा रिसाउँछन् ।” आधारातमा समस्या देखाउँदै बाईक बनाउन आउछन् तर, बाईक भने सेतो नम्बर प्लेटको हुन्छ । उनी न त वडाध्यक्ष हुन् न सचिव, एक वर्कसप सञ्चालकले सुनाए । 

उनले भने “हामी महिनाभरी काम गरेर दैनिकको हिसाबले सरकारलाई कर तिर्छौ, त्यही पैसाबाट तलब खाने सरकारी कर्मचारीहरु स्वंयम हामीसंग एक प्रकारको व्यावहार राज्यसंग अर्कै व्यावहार गरेर राज्यको ढुकुटी सक्ने काम गर्छन । यो कार्य तत्काल बन्द गरिनुपर्छ ।”  

हलेसी, महुरे, दिक्तेलमा रहेका वर्कसपहरुमा मुख्यतः बिल बढाउने क्रियाकलाप बढी मात्रामा देखिने गरेको छ । कतीपय अवस्थामा सरकारी सवारी साधन गलतरुपमा प्रयोग भईरहेको छ । 

वडाध्यक्ष र सचिवले मात्रै कुदाउन पाईने वाईक अन्यले ब्यक्तिगत प्रयोजनका लागि चलाईरहेको पाईएको छ । स्रोतका अनुसार रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयखर्कको वडाध्यक्षको बाईक धेरै रुपमा अरुले प्रयोग गर्ने गरेको पाईएको छ । 

यस्तै, सदरमुकाम दिक्तेल बजारका कपडा पसल, स्टेशनरी पसल, छापाखाना, एडिट कार्यालय, फोटोकपी सेन्टर लगायतमा समेत सरकारी कर्मचारीले बिल बढाउने गरेको सम्बन्धित पक्षले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई