३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

१५ मंसिर २०७४, शुक्रबार ०६:४७

मंसिर १५, धनकुटा  । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । 

धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् । 

हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ । “कागतेलाई वैकल्पिक शहरको रूपमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ”– धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले भन्नुभयो । 

प्रशस्त मात्रामा डाले घाँस पाइने सो क्षेत्रमा बाख्रापालनको पर्याप्त सम्भावना छ । बाख्रापालनलाई अगाडि बढाउन रु दुई लाख बराबरको उन्नत बोयर जातका दुईवटा बोका कागते ल्याइएको छ । अध्यक्ष घिमिरेले भन्नुभयो, “दुईवटा कृषि समूह बनाएर ती बोका वितरण गरिएको छ ।” 


त्यसैगरी पातले, सेउले र लाकुरेलाई गाई भैँसी र नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास गरिँदै छ भने कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको छ । ‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन् । निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने छ । 

“हरियालीलाई विशेष प्राथमिकता दिएका छौँ, घरको छेउछाउमा फूल, धुपीका बिरुवा रोप्न शुरू गरेका छौँ” उहाँले भन्नुभयो । 

कागतेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ । कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ । अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ । 

करिब दुई हजार ६०० जनसंख्या रहेको सो वडामा राई, क्षेत्री, बाहुन, दलित, नेवारलगाायत समुदायको बसोबास रहेको छ । त्यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन् । 

कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाइँदै छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  सुशील दर्नाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’