2026-08-27 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

मंसिर १५, धनकुटा  । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । 

धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् । 

हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ । “कागतेलाई वैकल्पिक शहरको रूपमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ”– धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले भन्नुभयो । 

प्रशस्त मात्रामा डाले घाँस पाइने सो क्षेत्रमा बाख्रापालनको पर्याप्त सम्भावना छ । बाख्रापालनलाई अगाडि बढाउन रु दुई लाख बराबरको उन्नत बोयर जातका दुईवटा बोका कागते ल्याइएको छ । अध्यक्ष घिमिरेले भन्नुभयो, “दुईवटा कृषि समूह बनाएर ती बोका वितरण गरिएको छ ।” 

त्यसैगरी पातले, सेउले र लाकुरेलाई गाई भैँसी र नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास गरिँदै छ भने कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको छ । ‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन् । निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने छ । 

“हरियालीलाई विशेष प्राथमिकता दिएका छौँ, घरको छेउछाउमा फूल, धुपीका बिरुवा रोप्न शुरू गरेका छौँ” उहाँले भन्नुभयो । 

कागतेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ । कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ । अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ । 

करिब दुई हजार ६०० जनसंख्या रहेको सो वडामा राई, क्षेत्री, बाहुन, दलित, नेवारलगाायत समुदायको बसोबास रहेको छ । त्यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन् । 

कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाइँदै छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  सुशील दर्नाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’