२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्ने

२०७४, १९ मंसिर मंगलवार ०२:५४

मनिषा राई/मंसिर १९, रोल्पा । जीर्ण भबनमा रहेर सेवा दिईरहेको जिल्ला अस्पताल रेउघा रोल्पामा ५० शैयाको लागि भबन निर्माण हुने भएको छ । 

भ्याट बाहेक २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैया २२ पैसाको लगानिमा तयार हुने आधुनिक भबनको निर्माण कार्य सुरु गरिएको हो । 

‘चारवटा अलग अलग बिल्डिङ तयार गरिने छ । अस्पताल भवन, क्यान्टिन ब्लक, स्टाफ क्वाटर र पोष्र्टमार्टम भबन बन्ने छ ।’ भबन निर्माण गरिरहेको सहरी बिकास तथा भबन डिभिजन कार्यालयका प्रमुख ईश्वरराज जोसिले बताउनुभयो । 

४ हजार ५ सय ८४ दशमलब ५४ बर्गमिटर क्षेत्रफलमा बन्दै गरेको भबनको जिम्मेवारी आशिस श्री जयन्ति ड्रागन जेभिले लिएको छ । ‘साईट दिई सकेका छौ । काम सुरु भएको छ । प्राबिधिक पाटोमा कुनै कमजोरी हुदैन । बिगतका निर्माणहरुमा ढिलाई भए जस्तो अब नहोला । २०७७ असोज मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुनेछ ।’ जोसिले भन्नुभयो । 

हाल सम्म १५ शैयाको मात्र रहेको जिल्ला अस्पतालमा आधुनिक भबन निर्माण भए पछि सैया र सेवा थप हुनेछन । जसबाट हाल सम्म जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेने १५ शैयाको अस्पताल स्वतन्त्र समेत हुनेछ । 

१५ शैयाको रोल्पा अस्पतालमा हाल समय समयमा बिरामि राख्ने ठाउँ नहुदा स्वास्थ्यकर्मीहरु हैरान हुने गरेका छन । ‘अब ५० सैयाको अस्पताल बने पछि बिरामि संगै हामिलाई पनि सेवा प्रबाहमा सहजता आउने छ ।’ जिल्ला अस्पताल रोल्पका सिनियर अहेव कुलबहादुर डागिले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण