2026-08-26 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा प्लाईउड बनाउने भेनियर उद्योग स्थापना

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो । एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राईले बिहिबार संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ । 

जिल्लाका रबिन सुनुवार, राजेन्द्र राई, सम्बर भुजेल, अनिल जोशी, खगेन्द्र राई र मनोज राईको संयुक्त लगानीमा दुई/तीन वर्षको अभ्यासपछि हालसम्मकै ठूलो लगानीमा भेनियर उद्योग स्थापना भएको हो । जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको बिकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको सञ्चालक राजेन्द्र राईले बताउनुभयो ।

सुनसरी, मोरङ, झापा, बनेपा, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस र मलातो भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिस र मलातोले मूल्य पाउने वाताबरण बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’