३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कनकाइ नगरको बजेट चालिस करोड

५ पुष २०७४, बुधबार ०६:३६

पुस ५, झापा । कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ । 

गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभयो । 

नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ । 

यसमध्ये चालु खर्च रु तीन करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ रु २० करोड ९० लाख पाँच हजार रहेको छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ । 

कुल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा रु ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ रु आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ रु ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ रु एक करोड, विपद् व्यवस्थापनतर्फ रु ७० लाख, पर्यटनतर्फ रु ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ रु एक करोड २० लाख, विद्युत् विस्तारका लागि रु एक करोड १० लाख विनियोजन गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’