२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कनकाइ नगरको बजेट चालिस करोड

२०७४, ५ पुष बुधबार ०६:३६

पुस ५, झापा । कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ । 

गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कुल रु ४० करोड २६ लाख ५५ हजारको बजेट मंगलबार सार्वजनिक गर्नुभयो । 

नेपाल सरकारबाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ । 

यसमध्ये चालु खर्च रु तीन करोड ४६ लाख ५० हजार र पूँजीगततर्फ रु २० करोड ९० लाख पाँच हजार रहेको छ । उल्लेखित चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ । 

कुल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा रु ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ रु आठ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ रु एक करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ रु ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ रु एक करोड, विपद् व्यवस्थापनतर्फ रु ७० लाख, पर्यटनतर्फ रु ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ रु एक करोड २० लाख, विद्युत् विस्तारका लागि रु एक करोड १० लाख विनियोजन गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ