२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्गका दर्जर्नौ पक्की पुल अलपत्र

२०७४, ११ पुष मंगलवार १४:१९

पुस ११, कालिकोट | कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर राजमार्गमा रहेको दर्जनौ पुल ठेक्का लगाए पनि अलपत्र अवस्थामा रहका रहेको छन् । राजमार्ग सञ्चालमा आएको १० वर्षदेखि विभिन्न निर्माण कम्पनीलाई पक्की पुल निर्माणको जिम्मा दिएको भए पनि कम्पनीको लापरवाहीका कारण कर्णाली राजमार्गका एक दर्जन बढी पक्की पुल अधुरै हुन् ।

कर्णाली राजमार्ग अन्तर्गतका दर्जनौ पक्की पुल नबन्दा यात्रुहरुले बर्षायाम निकै सास्ती भोग्नु परेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारण समेत बन्न पुगेको छ । कालिकोट दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल निर्माणको ०६९ सालदेखि पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले ४ करोड ५१ लाखमा निर्माणको जिम्मा लिएको थियो । तर, पुल आजसम्म पनि निर्माण नगरी झन बाटो बिगारेर यात्रुहरुलाई सास्ती दिने गरेको गाडी चालक नरबहादुर धामीले बताए । ‘ठेकेदारले आजसम्म पुल बनाएको छैन्’ उनले भने, ‘पहिले राम्रो रहेको पुल अहिले बिगारेर झन सास्ती दिने गरेको छ ।’

कर्णाली राजमार्गकै दैलेख सडकखण्डका गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भए पनि उनीहरु फरार रहेका छन् । त्यस्तै, राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागी ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडिएको छ । घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार रहेको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘बालीघाट, सिम्ले, छिडेना खोला, घट्टेखोला, कर्णाली पुललगायतको जिम्मेवारी आफ्नो रहेका कारण ठेकेदार कम्पनीहरूलाई पत्र काटेको छौं’ उनले भने, ‘अहिले यस क्षेत्रमा आरएसडीपी नामक संस्थाले काम थाल्ने भएको छ ।’ कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा पर्ने टाकुल्ला खोला पुल निर्माणको जिम्मा लिएको जागृती तुल्सी दुर्गा जेभीले २०६८ सालमा ३५ लाख पेश्की लिएर फरार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु