३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछि हटे काठमाडौंका मेयर, मल्लकालीन शैलीमै बनाइने

१३ पुष २०७४, बिहीबार ०८:४३

पुस १३, काठमाडौं । काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ ।

कंक्रिटको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भैरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्ने भएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले अहिले भैरहेको काम रोकेर मल्लकालिन शैलीमा नै रानीपोखरी बनाउन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गरेको छ ।

समितिका सदस्यहरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर, पुरातत्व विभागका इन्जिनियर पुरुषोत्तम डंगोल, सम्पत घिमिरे, पुरातत्व अधिकृत रामबहादुर कुँवर, महानगरको २७ र २८ नम्बर वडाका अध्यक्ष,संस्कृतिविद् सदर्शनराज तिवारी, काँशीनाथ टमोट र सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक सूर्यभक्त साङ्गाछे रहेका छन् ।

यस्तै सल्लाहकार समितिमा रक्षामन्त्री भिमसेनदास प्रधान, केशव स्थापित र रञ्जु दर्शना रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिवेदन नआउञ्जेल रानीपोखरीपमा भैरहेको काम रोकिने महानगरपालिकाले जनाएको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’