२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछि हटे काठमाडौंका मेयर, मल्लकालीन शैलीमै बनाइने

२०७४, १३ पुष बिहीबार ०८:४३

पुस १३, काठमाडौं । काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ ।

कंक्रिटको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भैरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्ने भएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले अहिले भैरहेको काम रोकेर मल्लकालिन शैलीमा नै रानीपोखरी बनाउन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गरेको छ ।

समितिका सदस्यहरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर, पुरातत्व विभागका इन्जिनियर पुरुषोत्तम डंगोल, सम्पत घिमिरे, पुरातत्व अधिकृत रामबहादुर कुँवर, महानगरको २७ र २८ नम्बर वडाका अध्यक्ष,संस्कृतिविद् सदर्शनराज तिवारी, काँशीनाथ टमोट र सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक सूर्यभक्त साङ्गाछे रहेका छन् ।

यस्तै सल्लाहकार समितिमा रक्षामन्त्री भिमसेनदास प्रधान, केशव स्थापित र रञ्जु दर्शना रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिवेदन नआउञ्जेल रानीपोखरीपमा भैरहेको काम रोकिने महानगरपालिकाले जनाएको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस