2026-09-19 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत पुरा

पुस १४, भद्रपुर ।  दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ । 

मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुहिकरूपमा गर्नुभएको थियो । 

त्रिपन्न मिटर लामो र ३४ मिटर चौडाइको सो सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा तीन वटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने बातानुकूलित भवन बन्ने निर्माण कम्पनी प्रेरा–शाहा जेवीले जनाएको छ । 

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको खाली जग्गामा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण गर्न तत्काल केही विवाद उत्पन्न भए पनि तत्कालीन स्थानीय विकास अधिकारी फणीन्द्र दाहाल तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको पहलमा राजनीतिक दलहरुबीच सहमति गरेर सो भवन निर्माण कार्य अघि बढाइएको थियो । 

भवन निर्माण गर्न तत्काल जिल्ला विकास समितिले सो स्थानलाई खाली गराउन करिब आठ महिना समय खर्चेपछि निर्माण कम्पनीले भवन शुरु गर्नु र निर्माण कम्पनीले समयमा पाउनुपर्ने भुक्तानी पनि नपाएकाले निर्माणमा केही ढिला हुन गएको जिल्ला इञ्जिनियर प्रमुख सुशील श्रेष्ठले बताउनुभयो । 

भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफूले काम गरिरहे पनि जिल्ला समन्वय समितिले बजेट निकासा र जग्गा खाली गराउन गरेको ढिलाइमा खर्च भएको समयअवधि थप्नु पर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई