३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी खेती र डेरीका लागि अनुदान

१४ पुष २०७४, शुक्रबार ०७:५३

पुस १४, कञ्चनपुर । सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । 

नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पु¥याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको हो । 

नगरपालिकाको पशु विकास शाखाले पशु पालनमा आबद्ध किसानलाई अनुदान दिनका लागि सार्वजनिक सूचना प्रकाशन गरी किसानबाट आवेदन संकलन गरेको छ । यस वर्ष मासु पसल, गाईभँैसीको गोठ सुधार, सहकारी खेती र डेरी उद्योग सञ्चालनलगायत शीर्षकमा किसानलाई अनुदान दिन लागिएको पशु विकास शाखाका प्रमुख हरदेव भट्टले बताउनुभयो । 

“सूचना प्रकाशन गरी आवेदन संकलन गरेका छौँ, ती आवेदनबाट अनुदान पाउने किसानलाई छनोट गरिने छ”, उहाँले भन्नुभयो । सहकारी खेती र डेरी उद्योगमा सबैभन्दा बढी अनुदान दिइने भएको छ । 

सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि रु पाँच लाख ९० हजार, डेरी उद्योगका लागि रु एक लाखदेखि रु तीन लाखसम्म, मासु पसल सुधारका लागि १० जनाले प्रतिव्यक्ति रु ४५ हजारका दरले तथा गाईभैँसीको गोठ सुधारका लागि छजनालाई रु एक लाखका दरले अनुदान दिने तयारी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’