३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

१९ पुष २०७४, बुधबार ०३:०१

पुस १९, चौतारा । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ । 

सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् । 

भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गर्नुभएको थियो । 

तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन् । अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीका रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भएका छन् । 

गएको दशैँयता धेरैजसोले आवास निर्माण शुरु गरेका छन् । तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन् । 

केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन् । 

बढी मूल्य तिर्दा पनि समयमा सामान नपाउँदा काम नै रोक्नु परेको भन्दै कतिपय लाभग्राहीले गुनासो गरेका छन् । यसका साथै ढुवानी भाडामा पनि व्यापक वृद्धि भएको छ । खोलामा गिट्टी र बालुवाको समेत अभाव भएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुुसार ३६ हजार २७५ जना अर्थात ४६.१८ प्रतिशतले आवास निर्माण कार्य शुरु गरेका छन् । 

जिल्लामा शुरुमा ७८ हजार ५३७ लाभग्राही अर्थात ९६.४८ प्रतिशतले पहिलो किस्ताको सम्झौता गरिसकेका छन् । पाँच हजार १२६ जनाले गुनासोमा नाम दर्ता गरेपछि हाल लाभग्राहीको संख्या ८३ हजार ६६३ पुगेको छ । 

त्यसमध्ये ७५ हजार ६५२ अर्थात ९६.१८ प्रतिशतले पहिलो किस्ता लगेका छन् भने २५ हजार ५१७ अर्थात ३२.४९ प्रतिशतलाई दोस्रो किस्ताको लागि सिफारिश गरिएको छ । 

त्यस्तै, चार हजार ८०३ जनालाइ तेस्रो किस्ताको सिफारिश गरिएकाले अझै दुई तिहाइले घर बनाउन बाँकी भएको सो कार्यालयका निमित्त प्रमुख टंक गौतमले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’