2026-08-26 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसी बजार आगलागीको क्षति विवरण संकलन शुरु, पिडितलाई धमाधम राहत वितरण

चिसाङ शेर्पा/पुस १९, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीको क्षति विवरण संकलन कार्य शुरु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको छ । पाँच घरमा आंशिक क्षति भएको छ ।

मंगलबार साँझ ७ ः ३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राई, उचित राई, टम्ब राई र अम्बराज राईको घर पुर्णरुपमा नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । 

थापाका अनुसार प्रकाशचन्द्र गिरी, रेगिन राई, शरण राई, गोबिन राई, कौशिला राईको घरमा आंशिक क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । क्षतिको यक्किन विवरणका लागि जिल्लाबाट डिएसपी थापासहित हलेसी डिडेका छन् ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षति भएकालाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिने भएका छन् । पिडितहरुका लागि पुर्नवास आवाश्यक परेमा नेपाली सेना र बन कार्यालयले टहरा निर्माण गरिदिने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । 

यस्तै, खोटाङ उधोग वाणिज्यसंघले आगलागी पिडितका लागि आर्थिक सहयोग गरेका छन् । संघले पुर्णक्षति प्रतिघर दश हजार तथा आंशिक क्षतिलांई ३ हजार दिएको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत दिदैछ । 

सरोकारवाल संघसंस्था राहत वितरणका लागि हलेसी पुगेका छन् ।  

हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री बितरण गरिसकेको छ । पिडितका लागि वास व्यवस्थापनको तयारी भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । 

आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएको मेयर राईले बताए । 

नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारबाट व्यानरसहित हलेसीबाट सहयोग संकलन शुरु गरेको छ । नगरप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेका उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’