२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर–नगरकोट सडकः धुलाले थलिए बासिन्दा, पर्यटन व्यवसायी धरापमा

२२ पुष २०७४, शनिबार ०३:३३

–श्याम रिमाल | पुस २२, भक्तपुर (रासस) | दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । 

कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ । विसं २०७१ जेठमा निर्माण शुरु भएको शैलुङ कन्स्ट्रक्सन प्रालिले आव ०७२÷०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तारले गति लिन सकेको छैन । 

एक्जिम बैंक इन्डियाको रु २८ करोडको सहयोगमा सडक विस्तार शुरु गरेको थियो । विसं २०७४ मंसिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माण अवधि थप गरिए पनि थप समयसमेत सकिएर बल्ल ४० प्रतिशत काम मात्र पूरा भएको छ । सोह्र किमी सडकखण्डमा ग्राभेलिङ गर्ने र कालोपत्र गर्ने काम पूरै बाँकी छ । अबको पाँच महिनामा सबै काम सम्पन्न गरिसक्ने शैलुङ कन्स्ट्रक्सन प्रालिका इ विजय प्रजापतिले जिकिर गर्नुभयो । 

पर्यटन व्यवसायी धरापमा 

पर्यटकीय क्षेत्र नगरकोटको सडक विस्तारमा भएको ढिलाइका कारण पर्यटन व्यवसायसमेत धरापमा परेको छ । सडक खनेर जथाभावी छाड्दा साँघुरो र धुलाम्मे भएको पर्यटन व्यवसायी गोकुल लामिछानेले बताउनुभयो । 

“काठमाडौँबाट नगरकोट आउनुअघि नै पर्यटक तथा ट्राभल एजेन्सीले सडकका बारेमा सोध्ने गरेका छन्, सडक निर्माण सम्पन्न भएको छैन भन्ने जानकारी पाएपछि कतिपय पर्यटकले नगरकोट आउने कार्यक्रम नै रद्द गर्ने गरेका छन्”, उहाँले बताउनुभयो । 

अर्का व्यवसायी बद्री माकले विगत वर्षभन्दा यस वर्ष सडक अति जीर्ण हुँदा र निर्माण पूरा नहुँदा ५० प्रतिशत पर्यटक घटेको बताउनुभयो । पर्यटन व्यवसायीले निर्माण कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्दा उल्टो धम्की आउने गरेको उहाँको भनाइ छ । 

घर घरमा बिरामी 

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती मात्रै व्यहोरेका छैनन्, घरघरमा बिरामी पर्न थालेका छन् । सडक निर्माणका क्रममा निस्कने धुलोका कारण यहाँको जनजीवनसमेत कष्टकर बनेको स्थानीय सञ्चारकर्मी सोम शर्मा बजगाईंले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक निर्माणमा भएको ढिलाइ र लापर्वाहीले घरघरमा मानिस बिरामी पर्न थालेका छन्, अत्यधिक धुलो उड्ने गर्दा घरबाट निस्किएको मानिस भक्तपुर पुग्दा चिन्नै नसक्ने हुन्छन्, धुलोकै कारण दिनानुदिन गाउँमा बिरामीको चाप बढ्दैछ ।” सडक निर्माणका क्रममा निस्केको धुलोका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी रोग लाग्न थालेको छन् । 

सडकमा धेरै खाल्डाखुल्डी भएकाले सवारी साधन बाटैमा बिग्रने र दुर्घटनामा वृद्धि हुनाका साथै सडक छेउछाउका बासिन्दाको स्वास्थ्यमा समेत असर परेको स्थानीयवासी लक्ष्मी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक फराकिलो बन्छ भनेर आफ्नो जग्गासमेत उपलब्ध गरायौँ तर ठेकेदारले काम नै नगरिदिँदा धुलो र धुवाँका कारण एक सातासम्म अस्पताल भर्ना हुनुपर्यो ।” 

दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने ठेक्का सम्झौता गरेर शुरु भएको नगरकोट सडकखण्डको काम चार वर्षमा पनि सम्पन्न हुन नसकेको स्थानीयवासी हरिराम बजगाईंले बताउनुभयो । “ठेकेदारले लापर्वाही गर्दै सुस्त गतिमा काम गर्दा सडक निर्माणमा ढिलाइ हुनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत खेलबाड भयो ”, उहाँले भन्नुभयो । 

नगरकोट–६ का पर्शुराम बजगाईंले दुई वर्षभित्र गरिसक्नुपर्ने काम चार वर्षमा पनि नसकिएकामा आक्रोश व्यक्त गर्दै भन्नुभयो, “कछुवा गतिमा काम भइरहेको छ, यस्तै हो भने अझै १० वर्षमा पनि काम सकिँदैन, अब हामी निर्माण कम्पनीविरुद्ध आन्दोलनमा जान्छौँ ।” सडक सुधार आयोजनाका परामर्शदाता नरेशबाबु श्रेष्ठले ठेकेदारकै लापर्वाहीका कारण सडक विस्तारमा ढिलाइ भएको स्पष्ट गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी