२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोलुखुम्बुमा भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

२०७४, २२ पुष शनिबार १०:३४

पुस २२, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ । 

कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो । 

किबी र भुई स्याउको प्रशोधन केन्द्र खोल्नका लागि बिहीबार मात्र स्थलगत अनुगमन गरिएको बागवानी केन्द्र फाप्लु सोलुखुम्बुका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । 

बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठको संयोजकत्वमा जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पूर्णराज कार्कीसहितको टोलीले प्रशोधन केन्द्र स्थापनाका लागि सो ठाउँ उपयुक्त भएको निष्र्कष निकालेको छ । 

प्रशोधन केन्द्र स्थापनाका लागि सरकारले रु ७५ लाख लागानी गर्ने बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । चालु आव २०७४÷७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । 

प्रशोधन केन्द्रमा बजारमा बिक्री हुन नसकेका विभिन्न फलफूल प्रशोधन गरेर जुस, जामलगायत तयार गरिने र किसानले फाइदा लिन सक्ने जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताउनुभयो । 

पछिल्लो समय सोलुखुम्बुका अधिकांश कृषक भुई स्याउ र किबी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्ला कृषि विकास कार्यालय, हिमाली आयोजना, प्याक्टलगायत परियोजनाको सहयोगमा विभिन्न क्षेत्रका किसानले २२ हेक्टर क्षेत्रफलमा किबी खेती गरेको कृषि विकास अधिकृत नेत्र भण्डारीले जानकारी दिनुभयो । 

अधिकृत भण्डारीका अनुसार किबीफल खेतीका लागि सोलुखुम्बुको हावापानी उपयुक्त मानिन्छ । यहाँका किसानले हेवार्ड र मुन्टे जातको किबी लगाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै