२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ घोरहीबाट रोल्पा–रुकुमहुँदै सिधै डोल्पासम्म सहिद मार्ग

२०७४, २२ पुष शनिबार १६:१८

पुस २२, रोल्पा । दाङको घोराहीबाट रोल्पाको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् ।

सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्रायस् ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्योउने उद्देश्यसहित शान्ति प्रक्रियापछि सहिद मार्ग आयोजनाको अवधारणा अघि सारिएको थियो ।

सडक निर्माण गर्न ८ वर्षदेखि बर्सेनि करिब ८ करोडका दरले सरकारले बजेट खर्चिसकेको छ । सहिद मार्गले पूर्व–पश्चिम राजमार्गको दाङ खण्डदेखि मध्यपहाडी मार्गको रुकुम खण्डलाई जोड्छ ।


दाङको घोराही, रोल्पाको होलेरी, तिला, घर्तीगाउँ, हुँदै रुकुम सम्म पुग्ने र अन्तीममा कर्णालीको डोल्पा सम्म पु¥याउने लक्ष्य रहेको छ । निर्माण गरिएको सहिदमार्ग सडक आयोजनाले धेरैजसो रोल्पालीको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ ।

सहिद मार्गका कारण रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन् ।

सडक सञ्चालनमा आएपछि अन्नबाली, तरकारी र पशुपन्छी किनबेच गर्न सहज भएको स्थानीयले बताएका छन् । करिब एक अर्ब लगानी भइसकेको सहिदमार्गको कालेपत्रे र स्तरोन्नति गर्नतर्फ सम्बन्धित निकायले गरेको ढिलासुस्तीप्रति स्थानीय असन्तुष्ट बनेका छन् ।

दाङको घोराही, रोल्पाको थवाङ हुँदै रुकुमको मुसीकोट जोड्ने सहिद मार्ग सडक योजनाको दूरी करीब २ सय किलोमिटरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ