२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

२०७४, २३ पुष आईतवार १०:३८

पुस २३, पोखरा (रासस) | सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । 

हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । 

दश दिनदेखि नेपालभरिका कम्पनीले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा रु १००, ओपिसी सिमेन्टमा रु १२० र फलामे छडमा प्रतिकिलोग्राम रु १३ मूल्य वृद्धि गर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताउनुभयो । 


व्यवसायमाथि नै उद्योग कम्पनीले एकाएक थेग्न नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अचम्म भएका छौँ, “एशोसिएसनका अध्यक्ष गुप्ताले भन्नुभयो ।” 

अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने र मूल्य वृद्धिबाट जिल्लामा रहेका २२० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था भएको बताइएको छ ।

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले पारेको समस्याप्रति गम्भीर हुन पनि सरोकारवालासँग विनम्र अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ