२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक सहायता रकममा ३० प्रतिशतले वृद्धि

२०७४, २७ पुष बिहीबार ०८:२५

मनोज पराजुली,काठमाडौँ ।  नेपालमा विदेशबाट भित्रिने वैदेशिक सहायता रकम राष्ट्रिय प्रणाली अनुरुप आउने क्रम वृद्धि भएको पाईएको छ । 

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को विकास सहायता प्रतिवेदनले राष्ट्रिय प्रणाली अनुरुप वैदेशिक सहायता आउने क्रम वढेको देखाएको हो ।

आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर वैदेशिक सहयोग नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७२/०७३ मा एक अर्ब ७ करोड अमेरिकी डलर भित्रिएकोमा आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशतले वृद्धि भएको हो ।

कुल सहायता रकम मध्ये ७३ प्रतिशत सरकारी बजेटका कार्यक्रम मार्फत आएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो । कुल सहायतामध्ये ४२ प्रतिशत अनुदान, ३९ प्रतिशत ऋण र १९ प्रतिशत प्राविधिक सहयोग रहेको उहाँको भनाई छ ।

प्रतिवेदनका अनुसार संस्थागत तर्फ सबैभन्दा धेरै साढे ३४ करोड अमेरिकी डलर सहयोग विश्व बैँकले गरेको छ भने एसियाली विकास बैँक २५ करोड ३८ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

सहयोग गर्नेहरुमा देशगत रुपमा अमेरिका,बेलायत जापान ,चीन र भारत अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै शिक्षामा खर्च 

बैदेशिक सहायता अन्तर्गत प्राप्त रकम मध्ये सबैभन्दा बढी शिक्षामा खर्च भएको छ  । कुल रकमको ९ दशमलव १ प्रतिशत शिक्षा   ,८ दशमलव ८ प्रतिशत स्थानीय विकास, ८ प्रतिशत हाउजिंगमा, ७ दशमलव ३ प्रतिशत रकम, नीति र रणनीति निर्माणमा खर्च भएको   वित्तीय  सहायता प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश ३ मा सबैभन्दा बढी खर्च 

प्राप्त बैदेशिक सहायता रकमको सबैभन्दा धेरै रकम प्रदेश नम्बर ३ मा खर्च भएको छ । ३ नम्बर प्रदेशमा ३५४.७७ मिलियन डलर, प्रदेश १ मा ६१.६८ मिलियन,  प्रदेश नम्बर  ७ मा ६१.१ मिलियन अमेरिकी डलर खर्च भएको छ ।   

त्यस्तै प्रदेश २ मा ५६.१ मिलियन,प्रदेश ५ मा .६ मिलियन डलर  खर्च  भएको छ भने सबैभन्दा कम  प्रदेश नम्बर ४ मा ३४.७ मिलियन  अमेरिकी   डलर खर्च भएको देखिएको छ ।

सरकारको बजेट कार्यक्रम मार्फत वैदेशिक सहायता वृद्धि हुँदा सरकारले गर्ने पुँजीगत खर्चको स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस