२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित

२०७४, २७ पुष बिहीबार ०९:३६

पुस २७, भक्तपुर । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । 

इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् । सूर्यविनायक नगरपालिका–१ का मोहन बस्नेतले घर बनाउन शुरु गरे पनि इँट्टा अभाव भएपछि काम रोकिएको बताउनुभयो । इँट्टा नपाइएको, सिमेन्ट र डण्डीको पनि मूल्य वृद्धि गर्दा घर निर्माणमा समस्या आएको उहाँले गुनासो गर्नुभयो । 


भक्तपुर नगरपालिका–३ का पुरुषोत्तम श्रेष्ठले पनि घर निर्माणका क्रममा इँट्टा अभावका कारण केही समयलाई निर्माण कार्य रोक्नु परेको बताउनुभयो । माघको पहिलो सातामा इँट्टा पाइन्छ भनेकाले इँट्टा कुरेर बसेको उहाँको भनाइ थियो । यी दुई पात्र नमूना मात्रै हुन् । भक्तपुरमा इँट्टा सकिएपछि उपत्यकाभित्रकै भवन निर्माणमा असर परेको बताइएको छ । भक्तपुर इँट्टा व्यवसायी संघले भवन निर्माणको गति तीव्र भएको र स्टक इँट्टा सकिएकाले इँट्टाको अभाव भएको जनाएको छ । 

संघका अध्यक्ष नातिभाई ह्याम्बाले पुनः निर्माणको काम धेरै भएको र उपत्यका बाहिरबाट समेत अत्यधिक इँट्टाको माग भएकाले यस वर्ष चाँडै नै स्टक सकिँदा इँट्टाको अभाव भएको बताउनुभयो । कोइलाको अभावका कारण नयाँ इँट्टा उत्पादनमा समेत प्रभाव परेको बताउँदै उहाँले नयाँ इँट्टा उत्पादन शुरु भएसँगै इँट्टाको अभाव कम हुने उल्लेख गर्नुभयो । इँट्टा व्यवसायीका अनुसार अब उत्पादन हुने इँट्टाको मूल्यसमेत वृद्धि हुनेछ । कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ । 

संघका अध्यक्ष ह्याम्बाले कोइला र ढुवानी भाडासमेत वृद्धि भएकाले व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षसम्म भारतबाट कोइला प्रतिटन २४ हजारमा ल्याउने गरिएकामा यस वर्ष भारतमा कोइलाको मूल्य वृद्धि भएको छ, यस वर्ष कोइला प्रतिटन २७ हजार ५०० तिर्नु परेको छ, गत वर्षसम्म कोइला ल्याउँदा ढुवानी २४ हजार थियो, यस वर्ष ढुवानीमा समेत वृद्धि गरेर एक टिप कोइलाको ढुवानी रु ३८ हजार लिएका छन् ।” 

विगतका वर्षमा इँट्टा भट्टाले जिविसलाई रु ७५ हजार बुझाए पुग्नेमा यस वर्षदेखि प्रत्येक इँट्टा भट्टाले नगरपालिकालाई वार्षिक रु तीन लाख करसमेत तिर्नुपर्ने भएकाले यसको मार व्यवसायीले खेप्नु परेको बताउँदै उहाँले इँट्टामा मूल्य वृद्धि हुनसक्ने बताउनुभयो । इँट्टा अभाब र मूल्य वृद्धि हुने भएपछि यसको प्रत्यक्ष मार भूकम्प प्रभावितले समेत व्यहोर्नुपर्ने भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस