३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्छ: अर्थ राज्यमन्त्री राणा

२८ पुष २०७४, शुक्रबार १०:३२

 पुस २८,  काठमाडौँ । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताउनुभएको छ । 


नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बंैकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भनाइ व्यक्त गर्नुभयो । 

राज्यमन्त्री राणाले बंैकका ग्राहकलाई कसरी खुशी बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने भन्दै काम गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले आफू सरकारमा नरहे पनि कर्मचारीको हक हितका लागि सदैव तयार रहने भनाइ व्यक्त गर्दै अब बन्ने सरकारले सबैलाई समेटेर लानुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले सरकारी बैंकलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस विषयमा बृहत् छलफल हुन आवश्यक रहेको टिपप्णी गर्नुभयो । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले ट्रेड युनियनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने भनाइ व्यक्त गर्नुभयो भने यता कर्मचारी संघका अध्यक्ष बेदबाहदुर लावतीले कर्मचारीको वृद्धि विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’