२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहुप्रतिक्षित चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रशारणमा जोडियो

२०७४, २९ पुष शनिबार ०३:३५

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । दार्चुलाको शैल्यसिखर नगरपालीका १ बलाचँमा निमार्ण भएको चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखी १५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडेको छ । 

२ युनिट रहेको ३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिम्प्रोनाई गरेको आयोजना प्रमुख दहालले बताउँनुभयो ।


आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रशारण लाईन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने प्रमुख दहालले जानकारी दिनुभयो ।

आयोजनाले पिक आवरमा चाँडै नै राष्टिय प्रसारणलाई विद्युत दिने तयारी समेत गरेको छ । तालिका अनुसार जनवरी १८ देखि पिक आवरमा प्रसारणलाईनमा विद्युत दिइने समय तोकिएको भएपनि आयोजनाले जनवरी १४ बाटै पिक आवरमा विद्युत उपलब्ध गराउने आयोजना प्रमुख दहालले बताउनु भयो ।

सेनाले छोडेसंगै आयोजना सुरक्षार्थ सशस्त्र आयो 

चमेलिया जलबिद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेना शुक्रबारदेखी व्यारेक फर्किएको छ । सुरक्षार्थ खटिएको ३५ जना नेपाली सेना फर्किए पछि आयोजनाको सुरक्षा गर्न सशस्त्र प्रहरी बल खटिई आएको छ ।

आयोजनाको सुरक्षार्थ खटिने कार्यादेश पूरा भएकाले सेना व्यारेक फर्किएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सन्तोष गुरुङले जानकारी दिनुभयो ।


चमेलिया आयोजनाको सुरक्षार्थ नेपाली सेनाका सहायक सेनानी ऋषिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलि फर्किएपछि आजै सशस्त्र प्रहरी बलका डिएसपी श्याममणी ढकालको नेतृत्वमा सशस्त्रको ५० जनाको टोली चमेलिया पुगेको हो । सशस्त्रको उक्त टोली वैद्यनाथ बाहिनी अत्तरियाबाट खटिई आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ