२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना किसान कृषि सहकारी संस्था बडागाउँको साधरण सभा सम्पन्न

२०७४, २९ पुष शनिबार ११:०८

प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ र ४ , साविकको बडागाउँमा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको आज १२ औं  साधरण सभा सम्पन्न भएको छ । 


सभाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्वोधन गर्दै मेयर सापकोटाले साना किशान कृषि सहकारी संस्था बडागाउँको स्थापना संगै त्यहाँका गरिव किशानहरुले राहत पाउँदै आएको र कृषि उत्पादनमा प्रोत्साहन भएको धारणा राखेक थिए । 

सापकोटाले उक्त संस्थालाई नगरपालिकाले आगममी दिनमा थप जनमुखी बनाउने उद्घोष  गरेका थिए । कार्यक्रमका अन्य बक्ताहरुले त्यस सहकारी संस्थामा ऋण लिएका ऋणिहरुलाई माओवादी अध्यक्ष प्रचण्ड सरकारको पालामा ऋण मिनाहा गरी दिएकोले कृषकहरुलाइए ठुलो राहत प्रदान भए संगै ब्यापक जनताको सहभागिता बढेको बताएका थिए । 


वार्षिक साधरण सभामा त्यस सहकारी संस्थाका लेखा संयोजक वावुराम शर्माले् ९४ लाख ५७ हजार ६ सय ४१ रुपैयाँ वार्षिक आम्दानी र ६६ लाख ५० हजार  ५ सय ४८ रुपैयाँ खर्च आय ब्याय प्रस्तुत गरेका थिए । 

कार्यक्रममा हाँस्य व्याङ्ग कलाकार पुर्खेबा लगायतले मनोरञ्जन प्रदान समेत गरेका थिए । कार्यक्रममा मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसी लगायतका जनप्रतिनिधी,  राजनैतिक दलका प्रतिनिधी , शिक्षक बुद्धिजिवीहरुले पनि मन्तवय राखेका थिए । 

२०६१ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हालका दुई वडा , साविकको बडागाउँ गाविसका कुल १ हजा १० जना शेयर सदस्य रहेका छन् ।  साना किशान कृषि सहकारी संस्था  बडागाउँका अध्यक्ष हरिप्रसाद छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य गुप्तबहादुर कार्कीको स्वागत मन्तप्य र विवेक पेमी मगरको सञ्चालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण