२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने

२०७४, ३० पुष आईतवार ०४:४५

दीपक घिमिरे/पुस ३०, लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । 

गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । 

तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिनुभयो । 

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गर्नुभयो । 

उहाँले भन्नुभयो – “निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ । त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ ।” 

उहाँका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । 

अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । 

धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । 

आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन् । विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । 

चौडाइतर्फ दुबै किनारमा १५÷१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००/३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौँमा अहिले आएर मात्रै बनाइँदै छ । 

स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ । 

आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरुका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि काठमाडौँको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ । 

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो । 

मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । 

यसैगरी, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हँुदैछ । 

करिब ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्षभित्र पूरा गर्ने तदारुकताका साथ आयोजना प्रमुख लागिरहनु भएको छ । 

उहाँका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गाका जग्गाधनीहरुलाई मुआब्जा दिने काम भइरहेको छ । अधिग्रहण गरिएका ७ हजार कित्ता जग्गामध्ये एक हजारभन्दा बढी कित्ताको मुआब्जा वितरण गरिइसकिएको छ । 

कूल तेइस अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा अहिलेसम्म ४ अर्ब भन्दा बढी वितरण भइसकेको र वितरण कार्यलाई थप तीव्रता दिइएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो