2026-09-19 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात, भाडादर कति ?

चिसाङ शेर्पा | माघ १, खोटाङ | खोटाङको दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको अस्पतालचोकदेखी दिप्रुङ गाउँपालिका टेम्माको पञ्चमीबजारसम्म ५० किलोमिटर सडकमा आईतबारबाट सिधा यातायात शुरु भएको हो ।

बारम्बार ताकेतापछी बिगत केहीदिन यता त्यस रुटमा सवारीसाधन सञ्चालन भएता पनि आईतबार खोटाङ यातायात व्यवसायीसंघको बा २ ख ३४४१ नम्बरको गाडी गुडाएर विधिबत तरिकाले यातायात सञ्चालन गरिएको हो । दिक्तेलबाट खोटाङ यातायात व्यवसायीसंघका उपाध्यक्ष फडिण्द्र राई, महासचिव राम कुमार हिङमाङले लिएर पुगेको गाडीलाई स्थानियले फुलमाला अविर लगाएर स्वागत गरेका थिए । दिप्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राई, उपप्रमुख सपना राईले एकसाथ रिबन काटेर त्यस रुटमा विधिबतरुपमा सवारी साधन सञ्चालनका लागि अनुमती दिएका हुन् ।

दिक्तेल–पञ्चमीबजार सिधा यातायात सुचारु भएपछी पालिकाभित्रका ६५ बर्षमाथी उमेरका यात्रुहरुलाई निशुल्क तोकेको भाडादर कार्यान्यवन भएको दिपु्रङ गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । राईका अनुसार दिक्तेल–पञ्चमीबजार पाँचसय रुपैयाँ भाडादर कायम गरिएको छ । 

पालिकाभित्रका ६५ बर्षमाथीका बृद्धबृद्धाका लागि निशुल्क भाडादर कायम भएको र उनीहरुले केही दिन गाडी चढ्ने समयमा आफ्नो नागरिकता देखाउनुपर्ने पालिका उपप्रमुख सपना राईले बताईन् । राईका अनुसार, तत्कालका लागि उहाँहरुले नागरिकता देखाउनुपर्ने हुन्छ । केही समयपछी पालिकाले परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । बृद्धबृद्धाहरु चढेबापतको भाडादर पालिकाले ब्यहोर्ने छ ।   

यातायातका साधन नचल्दा दुख खेपिरहेका सो भेगमा स्थानियलाई दैनिक जनजिवनमा सहजता पुग्ने अनुमान गरिएको छ । यात्रुको चाप बढेमा सवारी साधन थप गर्न सकिने खोटाङ यातायात व्यवसायीसंघका महसचिव राम कुमार हिङमाङले बताए ।

बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम र्यापले ११ वर्ष लगाएर २०६९ साल असारमा उक्त सडक निर्माण  गरेको हो । र्यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको कच्ची सडक ६ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई