२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेनाको रासन ठेक्कामा किन भयो बिवाद ?

२०७४, ३ माघ बुधबार ०७:२०

चिसाङ शेर्पा/माघ ३, खोटाङ । खोटाङको शेरगण मुढे व्यारेक दिक्तेलको रासन ठेक्का हाल्नबाट बञ्चित गराइएको भन्दै चार सप्लायर्स कम्पनीले पुःन ठेक्काको माग गरेका छन् ।

रासनका लागि ठेक्का हाल्न राष्ट्रिय बाणिज्य बैंकको भौचर खरिद गर्न जानेक्रममा आफ्नो प्रतिनिधिलाई एनआरके निर्माण सेवाले अवरोध गरेर ठेक्का लगाउननबाट बञ्चित गराएको भन्दै रुपाकोट कन्ट्रक्सन प्रालि दिक्तेल, लक्ष्मी सप्लायर्स काभ्रे, विक्रम खाद्य स्टोर साँगा र राजापानी सप्लायर्स काठ्माण्डौंले पुःन ठेक्काको माग गरेका हुन् । 

बैंक भौचर किन्न पुगेका आफ्ना प्रतिनिधिलाई भौचर भर्न नदिएको, भौचर खोसेको, च्यातिदिएको र धम्की दिएर ठेक्कामा सहभागी हुनबाट बञ्चित गराइएको भन्दै असन्तुष्ट पक्षले मंगलबार आपुर्ती तथा परिवहन निर्देशनालय जंगी अड्डा काठ्माण्डौं समक्ष छानबीन गर्न तथा पुःन ठेक्काका लागि निबेदन दिएको जनाएको छ । निरंकुश र गुण्डागर्दीशैलीमा आफुहरुलाई ठेक्कामा भाग लिनबाट बञ्चित गराएकाले बिरोध गर्नुपरेको रुपाकोट कन्ट्रक्सन प्रालि दिक्तेलका निबेदक निमा शेर्पाले बताए । 

असन्तुष्ट पक्षले नेपाली सेनाको पृतनापति इटहरी, बाहिनी अड्डा गाइघाट र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएको जनाएको छ । करिब ६ करोडको रासन ठेक्काका लागि पुस १६ गते सूचना प्रकाशित भएको थियो । 

घटाघटमा ठेक्का हाल्नुपर्नेमा एनआरके सेवाका केही समुहले बल प्रयोग गरेर मिलेमतोमा केही सप्लायर्ससँग मात्र ठेक्का हालेको शेर्पाले बताए । ‘मिलेमतोमा फुल रेटमा ठेक्का पार्ने र कमिसन बाँडेर लिनकालागि हामीलाई ठेक्का हाल्न अवरोध गरिएको छ,’ शेर्पाले भने, ‘हामीलाई बैंक भौचर किन्न अवरोध गरियो । हाम्रा कुनै प्रतिनिधिलाई धम्की दिइएको छ, कसैको कागजात च्यात्ने काम गरिएको छ ।’ 

खोटाङ एमालेका उपसचिव तथा एनआरके निर्माण सेवाका कुमार आर्चायले रासनको ठेक्काका लागि ईन्टरनेट माध्यम ईजिबि सिष्टम मार्फत फर्म भर्नुपर्ने र बैंक भौचर नेपाल अधिराज्यभरको रावा बैंकमा किन्न र भर्न सकिने बताए । उनले भने, ‘दिक्तेलबाट आठ कम्पनीले फर्म भरेका छन् । हामीले दिक्तेलबाट वैंक भौचर लिन, भर्न कसैलाई रोकेका छैनौ । 

गत आईतबार रुपाकोट कन्ट्रक्सन प्रालि दिक्तेलका तर्फबाट बैंक भौचर भर्न आएका एक ब्यक्तिका अनुसार ‘आफुले बैंकबाट भौचर लिएको र त्यहाँ रहेका अन्य केही ठेकेदारले कसको फर्म भर्न आएको हो भन्दै खोजीनिधि गरेका थिए ।’ आफू ठेकेदार नभएको अरुकै भर्न आएका बताएपछी उनीहरुले मिल्नुपर्छ फर्म नभर्नुस भनेका उनले बताए । 

खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने, “ठेक्कामा कसैलाई सिन्डीकेट लगाउँन पाईदैन, यदि एकलौटी धाँधली भएको रहेछ भने, तत्काल रोक्छौ । ठेक्काको काममा लाईसेन्स भएका जो कोही ठेकेदार कम्पनीले ठेक्कामा सहभागी हुन पाईन्छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु