2026-09-19 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका चार साना उद्यमी सम्मानित, क-कसलाई गरियो सम्मान ?

माघ ४, खोटाङ (रासस) | लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । 

स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पुर्याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । 

विसं २०४२ देखि निरन्तर दिक्तेलमा साना किसान होजियारी उद्योग सञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाका हैकमसिं राई र २०५७ सालदेखि सयपत्री अगरबत्ती उद्योग सञ्चाल गर्दै आउनुभएका साकेला गाउँपालिका निवासी शिवकुमार ढकाललाई दोसल्ला, सम्मान–पत्र तथा नगद तीन हजारसहित सम्मान गरिएको जनाइएको छ । 

यस्तै, २०६७ सालदेखि दिक्तेलमा सिर्जनशील सिलाइकटाइ उद्योगलाई निरन्तर सञ्चालन गर्दै आउनुभएका रुपाकोट मझुवागढी नगरपालिकाकी देवीकुमारी गेलाल र २०६८ सालदेखि जिल्लाको पहिजान झल्कने कलात्मक लठ्ठी लगायतको सामग्री निर्माण गर्ने दिक्तेल ह्याण्डीक्राफ्ट उद्योगका सञ्चालक भीम विश्वकर्मा पनि सम्मानित हुनुभएको छ । 

उद्यमीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, विशेष अतिथि रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी लगायतले सम्मान गुर्नभएको थियो । 

सम्मानित सबैले घरेलु तथा साना उद्योग विकास समितिबाट प्राविधिक ज्ञान तथा सीप प्राप्त गरेपछि व्यवस्थित ढंगले उद्यममा लागेको घरेलु तथा साना उद्योग समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई