३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वच्छ ऊर्जाको प्रवद्र्धनमा लघुवित्तको अवसर

५ माघ २०७४, शुक्रबार ०७:५६

माघ ५ , काठमाडौँ  | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले ऊर्जा र आर्थिक समृद्धि एकापसमा सम्बन्धित रहेकाले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (युएनसिडिएफ) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा आज यहाँ भएको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष वाग्लेले सो विचार व्यक्त गर्नुभएको हो । 

उहाँले विगत ३० वर्षमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता क्षेत्रमा धेरै प्रगति गरेको भए पनि राजनीतिक अस्थिरता र द्वन्द्वले विकास प्रक्रियामा केही अवरोध आए पनि अब मुलुक संरचनात्मक रुपान्तरणमा प्रवेश गरेका अपेक्षित लक्ष्यहरु हासिल गर्न सकिनेछ भन्नुभयो । 

गरिबी न्यूनीकरण, विकेन्द्रीकरण, सुशासन र वित्तीय समावेशीकरण गरी मुलुकको आर्थिक समृद्धिका लागि सरकारले दिगो विकास लक्ष्यसहित विभिन्न कार्यक्रममा जोड दिएको उपाध्यक्ष वाग्लेले बताउनुभयो । 

कार्यशालामा नेपालका लागि नर्वेका राजदूत लास्से जोहान्सेनले नर्वेले नेपालमा नवीकरणीय ऊर्जाका माध्यमबाट ऊर्जाको पहुँच विस्तार गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । 

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नवीकरणीय ऊर्जाको शुरुको लागत केही महँगो पर्ने भएकाले गरिब जनताको पहुँचसम्म ऊर्जालाई पु¥याउन लघु कर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले २० वर्षअघि देशमा शून्य दशमलव एक प्रतिशतमात्र नवीकरणीय ऊर्जा रहेकामा हाल तीन प्रतिशत उत्पादन भई १७ प्रतिशत जनता लाभान्वित भएको जानकारी दिनुभयो । 

युएनसिडिएफको क्लिनमार्ट कार्यक्रमका प्रबन्धक भिन्सेन्ट विर्डाले कार्यक्रमबाट ऊर्जाको पहुँच विस्तार गरी सन् २०२० सम्म कृषिको उत्पादकत्व र दक्षतामा सुधार, थप लगानीको वृद्धि र डिजिटल भुक्तानी प्रणालीको विकास गर्न लागिएको बताउनुभयो । 

केन्द्र र युएनसिडिएफले सन् २०१४ मा शुरु गरेको सो परियोजनाबाट सेप्टेम्बर २०१७ सम्म एक लाख २५ हजार घरमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुगेको सो अवसरमा जानकारी दिइयो । यस अवधिमा दुई करोड २० लाख अमेरिकी डलर लगानी भएकामा एक करोड ७० लाख डलर स्वच्छ ऊर्जा प्रविधिमा ऋण प्रवाह भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’