३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोट: मिल सञ्चालन भएपछि घण्टौ हिँड्नु पर्ने बाध्यता हट्यो

५ माघ २०७४, शुक्रबार १५:३४

माघ ५, कालिकोट । हातमा घडि हुँदैन थियो । गाउँमा भाले बासेपछि गाउँका महिलाहरु घरघरबाट जम्मा हुन्थे र हुल बाँधेर भारी बोकर पानी घट्ट जाने यात्रा शुरु हुन्थ्यो । घट्ट जाँदै गर्दा आधा बाटो पुगेपछि मात्र उज्यालो हुन्थ्यो । 

आधा घण्टाको सिधा बाटो र झण्डै दुई घण्टाको उरालो बाटो हिँडेपछि रेंगिल पुगिन्थ्यो । जहाँ बदालकोटको खोला कर्णालीमा पुगेर मिसिन्थ्यो त्यहाँ पानी घट्ट पनि थिए । 

तर त्यहाँ पुग्ने वित्तिकै घट्टमा आफुले लिएको अन्न पिस्न पाउँने पालो आउने सम्भावना कम हुन्थ्यो । पालो कुरेर घट्टमा लिएको अन्न पिसाए पछि बिहान दुई घण्टा लगाएर झरेको ओरालो बाटो चढ्न त झण्डै चार घण्टा लाथ्थ्यो । 

घर पुग्ने बेलासम्म त कहिले रमक्क साँझ परीसकेको हुन्थ्यो भने कहिले भोली पल्ट पनि आउनु पर्ने बाध्यता हुन्थ्यो । ति दिन सम्झदा पनि ताडिकी जीरा पाण्डेलाई आज पनि पीडा बल्झिएको महसुस हुन्छ । तर समाजले यसरी बिकासमा फड्को मारेकोमा उनी दङ्ग छिन् ।


हरेक दिन अन्न पिसाउन पानी घट्टको भर पर्नु पर्ने र धानलगायतका अन्य समाग्रीहरु पिसाउन ओखल, ढिकी र जाँतोको भर पर्नु पर्ने बाध्यता गाउँमा सडक पुगेसंगै अन्त्य भए पछि कालीकोटको खाँडाचक्र नगरपालिका वाड नं. ३ ताडिका महिलाहरुको दैनिकी फेरिएको छ । दिनभरी लगाएर पानी घट्टमा पिसाएर ल्याएको पिठो कहिले सकिन्छ भन्ने चिन्ता सधै भइरहन्थ्यो । 

घरमा पाहुना आएको समयमा झन् घट्ट जाने दिन घिटो आउथ्यो । तर आज त्यो समय बदलिएको छ । घरको बारीमा गरिएको तरकारी खेतीबाट भएको कमाइले गाउँमा मिल सञ्चालन गरेपछि यहाँका महिलाहरुको दैनिकी फेरिएको हो ।

ताडिकी जिरा पाण्डेले गाउँमा नै मिल स्थापना गरेपछि यहाँका महिलाको घट्ट जाने समस्या मात्र कम भएन जिराको मासिक आम्दानी पनि बढ्दै गएको उनले बताईन् ।

विगत लामो समयदेखी तरकारी खेती गर्दै आएकी जिरा पाण्डेले तरकारी बेचेकै पैसाबाट मिल सञ्चालन गरेकी हुन् । हाल उनले त्यही मिल सञ्चालनबाट मासिक ६० हजारदेखि ७० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् भने गाउँका सयौ महिलालाई सेवा पनि दिइरहेकी छन् । 

‘मेरो मिलमा पिठो मात्र पिस्न मिल्छ’ उनले भनिन्, ‘यसबाट भएको आम्दानीले परिवारको खर्च काटेर साढे लाख लाख जति बचत हुने गरेको छ ।’

एक दशक लामो समयदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी पाण्डेले घरमा पालेको भैसीको दुध र तरकारी बेचेर बचाएको ५ लाख रुपैयाँले गाउँमा मिल स्थापना गरेको बताईन् । उनको मिलेमा मकै प्रति किलो ८ रुपैयाँ र अन्य जौ, गहुँ, कोदोलगायतका अन्नहरु प्रति किलो ७ रुपैयाँका दरले पिसाउने गरिएको बताईन् । जसबाट भएको आम्दानीले छोराछोरीको पढाई खर्च, पारिवारिक घर खर्च समेत कटाएर मासिक ६० हजार बचत गर्दै आएको उनले बताईन् ।

मिलमा  मकै पिसाइ रहेकी उर्मिला पाण्डेले विगतको परम्परागत घट्टमा पिठो पिस्न जाँदा निकै दुख भोग्नु परेको भन्दै गाउँमा मिल सञ्चालनले महिलाहरुलाई राहत मिलेको बताईन् । 

उनले विगतमा १० पाथी मकै पिसेर ल्याउन २∕३ दिन समय लाग्ने र धेरै पटक घट्टमा जानु पर्ने समस्या रहेको बताउदै अहिले विहान घरमा आगो बालेर मिलमा आई पिठो पिसेर खाना पकाउने समयमा फर्किने गरेको भन्दै खुशी व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’