२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

७ माघ २०७४, आईतवार ०७:०७

माघ ७, गुल्मी | गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो । 


यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् । विगतका वर्षमा खासै व्यापार नहुने हुँदा निराश बनेका व्यापारी यो पटक सञ्चालन भएको माघी मेलाबाट उनीहरुमा खुशी थपिएको हो । रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् । 


मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्वेटर, टोपी र काँचो ऊन पनि बिक्री वितरण हुने गर्दछ । खाने सामग्रीमा ओखरको घाँजी, बदाम, गुँड र कन्दमूलले पनि मेलामा राम्रो बजार पाएको थियो । मेलामा बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयोलगायत सामग्रीको व्यापार राम्रो भएको व्यवसायी बताउँछन् । 

पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…