२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

२०७४, ७ माघ आईतवार ०७:०७

माघ ७, गुल्मी | गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो । 


यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् । विगतका वर्षमा खासै व्यापार नहुने हुँदा निराश बनेका व्यापारी यो पटक सञ्चालन भएको माघी मेलाबाट उनीहरुमा खुशी थपिएको हो । रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् । 


मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्वेटर, टोपी र काँचो ऊन पनि बिक्री वितरण हुने गर्दछ । खाने सामग्रीमा ओखरको घाँजी, बदाम, गुँड र कन्दमूलले पनि मेलामा राम्रो बजार पाएको थियो । मेलामा बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयोलगायत सामग्रीको व्यापार राम्रो भएको व्यवसायी बताउँछन् । 

पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु