३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

७ माघ २०७४, आईतवार ११:२१

माघ ७, काठमाडौँ  | कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । 

बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ । 

बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी छ । 

साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पुर्याउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताउनुभयो । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताउनुभयो । 

उहाँले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिनुभयो । 

अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पुर्याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । 

अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पुर्याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 

बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । 

बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’