2026-08-26 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपाकोट मझुवागढीको आवधिक विकास योजना तयार गरिँदै

माघ ११, खोटाङ | नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ । 

आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो । 

यही माघ १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमुलक तथ्यांक सकंलन गरिसक्ने समयसिमा तोकिएको छ । माघ १३ गतेदेखि तथ्याङ्क प्रशोधन काम शुरु गरेर माघ १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण (भिजन सेटिङ) गरिने नगर प्रमुख दिपनारायण रिजालले जनाउनुभयो । 

योजनाको प्राथमिकीकरणपछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको लक्ष्य सहितको विषयगत छलफल गरेर आवधिक विकास योजनाको मस्यौदा तयार गरिने छ । आवधिक विकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि आगामी फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ । 

प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगर कार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधिक विकास योजनाको अन्तिम टुंगो लाग्ने प्रमुख रिजालको भनाइ छ । मुलुकका ७५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ । 

भौतिक विकास, शिक्षा, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर विकास योजना बनाइने नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ