२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भृकुटीमण्डपमा सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

२०७४, ११ माघ बिहीबार ११:४७

माघ ११, काठमाडौँ | सूचना, सञ्चार तथा प्रविधि मेलाको २४औं संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो । 

यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । 

सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई÷दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको जानकारी दिनुभयो । 

उहाँले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । 

सूचना तथा सञ्चारमन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भए, देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न