३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भृकुटीमण्डपमा सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

११ माघ २०७४, बिहीबार ११:४७

माघ ११, काठमाडौँ | सूचना, सञ्चार तथा प्रविधि मेलाको २४औं संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो । 

यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । 

सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई÷दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको जानकारी दिनुभयो । 

उहाँले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । 

सूचना तथा सञ्चारमन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भए, देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’