२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन सेयर बजारमा सुधार, नेप्से परिसूचक ९.८० अंकले वृद्धि

२०७४, ११ माघ बिहीबार १२:४९

माघ ११, काठमाडौँ । साताको अन्तिम दिन पनि सेयर बजार नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ अंकमा पुगेको छ । विहिबार अधिकांश उपसूचक बढेका  छन् । सबैभन्दा  धेरै बीमा समूह ८९.०२ अंकले बढेको छ । 

बैंकिङ८.६१ , व्यापार ८.२८, होटल २७.३५, जलविद्युत् ६.४१, फाइनान्स १.६१, उत्पादनमूलक ३०.४५  र लघुवित्त समूह २२.४३   अंकले बढेका छन् । विकास बैंक र अन्य समूह भने क्रमशः ३.०६ र १.४५ अंकले घटेका छन् ।


बुधबार २६ करोडको कारोबार भएको बजारमा विहीबार २८ करोडको कारोबार भएको छ । दिनभरिमा १५९ वटा कम्पनीको छ लाख ६२ हजार एक सय ६९ कित्ता सेयर तीन हजार छ सय ७० पटक खरिदविक्री हुँदा २८ करोड २२ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, सानिमा माई हाइड्रो, नेपाल बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, एभरेष्ट बैंक सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ९२ लाख, ८४ लाख, ७८ लाख, ७६ लाख, ७२ लाख ६६ लाख र ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले ५.१९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, नेको इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक, समिट माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुहेश्वरी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२० प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, दिव्यश्वरी हाइड्रो, ज्योति विकास बैंक, नेपाल हाइड्रो, जलविद्युत् लगानी तथा विकास कोष, छ्याङ्दी हाइड्रो, सिभिल बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण