2026-09-19 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सक्रिय बचत तथा ऋण सहकारीको कारोबार १४ करोड बढि, अध्यक्षमा लयालु

चिसाङ शेर्पा/माघ १२, खोटाङ । सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १६ बर्षमा १४ करोडभन्दा बढीको आर्थिक कारोवार गरेको छ । 

‘सवल सहकारिताको पुर्वाधार, आर्थिक संमृद्धिको आधार’ भन्ने लक्ष्यका साथमा २०५८ जेठ २ गते दिक्तेलमा स्थापना भएको संस्थाले हालसम्म १४ करोड ८ लाख ९ हजार ६१ रुपैयाँको कारोबार गरेको जनाएको छ । 

विहीबार दिक्तेलमा आयोजित संस्थाको १६ औं बार्षिक साधारणसभा तथा छैठौ अबिधेशनमा सहकारीका कोषाध्यक्ष श्यामकुमार सैंजुले स्थापनाकालमा ५३ जना सदस्यहरुबाट प्रतिकिता २५० रुपैयाँका दरले शेयर पुजिबाट संञ्चालित सहकारीले हालसम्म प्रतिकिता सयका दरले २९३ जना सदस्यबाट ५१ लाख ७० हजार ६ सय शेयर पुजि सञ्चालन भईरहेको बताउनुभयो । 

सहकारीले विभिन्न शिर्षकमा व्यवसायिक ११४ जना शेयर सदस्यलाई व्यवसाय सञ्चालनार्थ ४ करोड ३४ लाख ८९ हजार ३८५ कर्जा प्रवाह, निक्षेप खातामा ४ करोड ८ लाख ९८ हजार ६०८ जम्मा र २०७३÷०७४ खाता वन्दीसम्म संस्थाको विभिन्न कोषमा १ करोड ६५ लाख ५७ हजार १४५ मौज्दात रहेको बताउनुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबि बस्नेतले बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएकोे थियो । बस्नेतको प्रमुख आतिथ्यमा भएको छैठौ अबिधेशनले राजेन्द्र लयालुको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिती पुर्नगठन गरेको छ । समितीको उपाध्यक्षमा श्यामकुमार सैंजु, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष उत्सब सैंजु सर्वसम्मत चयन भएका छन् । 

यस्तै सदस्यहरुमा बावुराम सैजु, रामप्यारी राई, रञ्जना श्रेष्ठ, सुजन ताम्राकार र शोभा उदास रहेका छन् । ऋण उपसमिती सदस्यमा प्रेमकुमार जोशी, टेष्ट बहादुर बस्नेत तथा लेखा समिती संयोजक तेज नारायण सैंजु, सदस्य ताराकुमार श्रेष्ठ र यादबसेन राई रहनु भएको छ ।  

संस्थाका अध्यक्ष नारायण प्रसाद जोशीको स्वास्थ्यका कारण गतवर्ष साधारणसभा नगरेको सहकारीले गत भदौ १४ गतेबाट रिक्त पदपुर्तीका लागि पुस १८ गतेको निर्णय अनुसार छंैठौ अबिधेशन गरेको हो । 

संस्थाका अध्यक्ष जोशीको गत असार २१ गते निधन भएसँगै हालसम्म खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले कार्यवहाक अध्यक्ष रहेर पद संम्हालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई