२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

२०७४, १२ माघ शुक्रबार ०९:५८

माघ १२, भक्तपुर | काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ । 

करिब छ किमी लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या आएको र सडक जाम हुन थालेपछि विस्तार कार्य अगाडि बढाएको हो । डिभिजन सडक कार्यालयको कूल रु ५४ करोडको लागतमा विस्तार शुरु भएको उक्त सडक फुटपाथसहित २० मिटरको चौडाइ बनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

सडक विस्तारको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभएको हो । बस्नेतले भक्तपुरको वैकल्पिक मार्गका रुपमा रहेको यो सडक विस्तारले थिमिको विकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो । 

सडक विस्तार परियोजनाअन्तर्गत विस्तार शुरु भएको सडकमा परेका पुराना घर भने नभत्काइने भएको छ । बाहाखा बजारमा वर्षौंैदेखि रहेका पुराना घर तत्काल नभत्काउने र घर भत्काउनु पर्ने अवस्थामा भने सरकारसँग उचित क्षतिपूर्ति माग गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

चार वर्ष रोकिएको बालकोट र सूर्यविनायक विस्तार शुरु 

त्यसैगरी स्थानीयवासीको विरोध र विवादका बीच विगत चार वर्षदेखि रोकिएको सूर्यविनायक नगरपालिका वडा नं २ र ३ मा पर्ने बालकोट चोकदेखि मध्यपुरथिमिको चारदोबाटो जाने सडक विस्तार पनि शुरु भएको छ । बालकोट चोकदेखि एमाले अध्यक्ष केपी ओली निवास, रोज भिलेज हुँदै मध्यपुरथिमि चारदोबाटो जोड्ने सडक विस्तार शुरु भएको हो । 

एघार मिटर चौडाइ गर्न बजेट विनियोजन भए पनि स्थानीयवासीले विरोध गरेपछि हाल सहमतिमै सात मिटर चौडाइ बनाउने र स्थानीयवासीको घर भने तत्काललाई नभत्काउने सहमति भएपछि सडक विस्तार शुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दिएको छ । 

सडक विस्तारका क्रममा खाली जग्गा लिने र पर्खाल भत्काउने कार्य शुरु भएको भक्तपुर क्षेत्र नं २ प्रदेश सांसद शशिजंग थापाले जानकारी दिनुभयो । कूल रु चार करोडको लागतमा विस्तार शुरु भएको यो सडकको कालोपत्रसँगै फुटपाथसमेत निर्माण हुने भएको छ । 

त्यसैगरी यता सूर्यविनायक नगरपालिकास्थित सूर्यविनायक चोकदेखि गणेश मन्दिरसम्म जाने सडक पनि फराकिलो पार्ने कार्य शुरु भएको छ । सूर्यविनायक नगरपालिका –७ सिपाडोलको उक्त सडक फराकिलो पार्दै सडक पेटी हडपेर राखिएका पसल एवं टहरा भत्काउने कार्य शुरु भएको छ । 

सूनपा वडा नं ७ का वडाध्यक्ष किरण थापाले मुख्य धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको सूर्यविनायक गणेश, डोलेश्वर, आशापुरी, रानीकोट जाने सडक साँघुरो भएकाले मापदण्डअनुसार फराकिलो पार्ने र सडकमा रहेका पसल तथा टहरा हटाउन थालिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस