३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

१२ माघ २०७४, शुक्रबार ०९:५८

माघ १२, भक्तपुर | काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ । 

करिब छ किमी लामो उक्त सडकमा दोहोरो यातायात सञ्चालनमा समस्या आएको र सडक जाम हुन थालेपछि विस्तार कार्य अगाडि बढाएको हो । डिभिजन सडक कार्यालयको कूल रु ५४ करोडको लागतमा विस्तार शुरु भएको उक्त सडक फुटपाथसहित २० मिटरको चौडाइ बनाइने मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

सडक विस्तारको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभएको हो । बस्नेतले भक्तपुरको वैकल्पिक मार्गका रुपमा रहेको यो सडक विस्तारले थिमिको विकासमा ठूलो टेवा पुर्याउने बताउनुभयो । 

सडक विस्तार परियोजनाअन्तर्गत विस्तार शुरु भएको सडकमा परेका पुराना घर भने नभत्काइने भएको छ । बाहाखा बजारमा वर्षौंैदेखि रहेका पुराना घर तत्काल नभत्काउने र घर भत्काउनु पर्ने अवस्थामा भने सरकारसँग उचित क्षतिपूर्ति माग गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

चार वर्ष रोकिएको बालकोट र सूर्यविनायक विस्तार शुरु 

त्यसैगरी स्थानीयवासीको विरोध र विवादका बीच विगत चार वर्षदेखि रोकिएको सूर्यविनायक नगरपालिका वडा नं २ र ३ मा पर्ने बालकोट चोकदेखि मध्यपुरथिमिको चारदोबाटो जाने सडक विस्तार पनि शुरु भएको छ । बालकोट चोकदेखि एमाले अध्यक्ष केपी ओली निवास, रोज भिलेज हुँदै मध्यपुरथिमि चारदोबाटो जोड्ने सडक विस्तार शुरु भएको हो । 

एघार मिटर चौडाइ गर्न बजेट विनियोजन भए पनि स्थानीयवासीले विरोध गरेपछि हाल सहमतिमै सात मिटर चौडाइ बनाउने र स्थानीयवासीको घर भने तत्काललाई नभत्काउने सहमति भएपछि सडक विस्तार शुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दिएको छ । 

सडक विस्तारका क्रममा खाली जग्गा लिने र पर्खाल भत्काउने कार्य शुरु भएको भक्तपुर क्षेत्र नं २ प्रदेश सांसद शशिजंग थापाले जानकारी दिनुभयो । कूल रु चार करोडको लागतमा विस्तार शुरु भएको यो सडकको कालोपत्रसँगै फुटपाथसमेत निर्माण हुने भएको छ । 

त्यसैगरी यता सूर्यविनायक नगरपालिकास्थित सूर्यविनायक चोकदेखि गणेश मन्दिरसम्म जाने सडक पनि फराकिलो पार्ने कार्य शुरु भएको छ । सूर्यविनायक नगरपालिका –७ सिपाडोलको उक्त सडक फराकिलो पार्दै सडक पेटी हडपेर राखिएका पसल एवं टहरा भत्काउने कार्य शुरु भएको छ । 

सूनपा वडा नं ७ का वडाध्यक्ष किरण थापाले मुख्य धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको सूर्यविनायक गणेश, डोलेश्वर, आशापुरी, रानीकोट जाने सडक साँघुरो भएकाले मापदण्डअनुसार फराकिलो पार्ने र सडकमा रहेका पसल तथा टहरा हटाउन थालिएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’