2026-09-19 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुनथलामा २१ करोड लागतमा ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण हुने

चिसाङ शेर्पा माघ १३, खोटाङ । खोटाङमा बौद्ध धर्मावलम्बीहरुका लागि बिशाल गुम्बा बन्ने भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा बन्ने भएको हो ।

नुनथलाका स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गामा बन्ने गुम्बामा नुनथलाका बौद्ध धर्मावलम्बीसहित आसपासका गाउँपालिका तथा नगरपालिकाका सेवाग्राहीले सुविधा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो । गुम्बामा बौद्ध धर्म अनुसारका संस्कार गर्न सकिन्छ अध्यक्ष तामाङले भने, गुम्बा निर्माणमा हामी सबैको सहयोगको अपेक्षा राख्दछौ । 

नगरपालिकाको क्रमागत बजेट अनुसार निर्माण हुने गुम्बाका लागि देश तथा विदेशबाट स्वेच्छिक सहयोग गर्न सकिने निर्माण उपभोक्ता समितिका सचिव मणि लामाले बताए । गुम्बा निर्माण सम्पन्नसँगै गुम्बाले दिने सुविधाका अलवा जिल्लाका लागि पर्यटन प्रर्बद्धन गर्नमा गुम्बाले सहयोग पुग्नेछ । उनले भने, ‘गुम्बाबाट नाङगो आखाँले सगरमाथा देख्न सकिन्छ, यस कारण पनि यस ठाउँ पर्यटनका लागि पटक क्षेत्र हुनेछ ।’

आगामी माघ १९ गते औपचारिक रुपमा गुम्बाको शिलन्यास हुने भएको छ । लोसाङ नाम्ग्याल रिन्पोछेबाट भूमिपुजा पश्चात भुतपुर्व सञ्चारमन्त्री तथा प्रतिनितिधसभा सदस्य शेरधन राईले गुम्बाको शिलन्यास गरिने कार्यक्रम रहेको छ । निर्माण समापनपछि गुम्बाभित्र सिठो लजोको १ सय र बौद्धधर्मसँग सम्बन्धित अन्यगरी १०८ वटा मुर्ति रहने छ । बौद्ध धर्ममा माटोको मुर्ति पबित्र हुने धार्मिक परम्परा रहेकाले सयवटा माटोको र अन्य पितल तथा ढलोटको मुर्ति राखिने गुम्बा निर्माण उपभोक्ता समितिले जनाएको छ ।

नगरपालिकाको क्रमागत बजेटले मात्रै ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण संम्भव नभएकाले देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गरिदिन समेत उपभोक्ता समितिले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई