३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

१४ माघ २०७४, आईतवार ०४:१५

माघ १४, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ ।

आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । 


आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट नरेन्द्र पुनका ५ वर्षीय छोरा आयुष पुन जलेर घाइते भएका छन । घाइते पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद, जिन्सीसमेत जलेर नष्ट भएको छ भने आधा दर्जन पशु चौपायासमेत जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिव रु २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीयवासी नारायण केसीले जानकारी दिनु भयो । 

आगलागी पीडितका लागी समुदायस्तरीय विपद् व्यवस्थापन समितिले तत्कालका लागि चिनी र च्युराको व्यवस्था गर्नुका साथै बस्नका लागि आफन्तको घर व्यवस्था गरिदिएको केसीले जानकारी दिनुभयो । 

विद्यालय छुट्टीको दिन परेका कारण केटाकेटी खेल्ने क्रममा आगो लागेको हो कि भन्ने अनुमान गरिएको केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’