२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

२०७४, १४ माघ आईतवार ०४:१५

माघ १४, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ ।

आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर नष्ट भएको छ । 


आगलागी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली, स्थानीय जनता र समुदायस्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट नरेन्द्र पुनका ५ वर्षीय छोरा आयुष पुन जलेर घाइते भएका छन । घाइते पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । आगलागीबाट घरभित्र रहेका अन्न, लत्ताकपडा, नगद, जिन्सीसमेत जलेर नष्ट भएको छ भने आधा दर्जन पशु चौपायासमेत जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट करिव रु २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीयवासी नारायण केसीले जानकारी दिनु भयो । 

आगलागी पीडितका लागी समुदायस्तरीय विपद् व्यवस्थापन समितिले तत्कालका लागि चिनी र च्युराको व्यवस्था गर्नुका साथै बस्नका लागि आफन्तको घर व्यवस्था गरिदिएको केसीले जानकारी दिनुभयो । 

विद्यालय छुट्टीको दिन परेका कारण केटाकेटी खेल्ने क्रममा आगो लागेको हो कि भन्ने अनुमान गरिएको केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस