४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहा: सखुवा नान्कारकट्टीको बजेट करिब १९ करोड

१९ माघ २०७४, शुक्रबार ०३:२०

माघ १९, लहान । सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिकाको पहिलो गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको छ । 

विहिबार भएको गाउँसभाले आव २०७४÷०७५ मा अनुदानबापत रु ११ करोड ९९ लाख ४५ हजार, गत वर्षको बैंक मौज्दात अल्याबाट रु ५८ लाख १५ हजार ७६६, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट रु ११ करोड ९९ लाख ४५ हजार, सशर्त अनुदान रु छ करोड तीन लाख ४४ हजार र आन्तरिक आय (मालपोत तथा राजश्व बाँडफाँड) स्रोतको अनुमानित रु २३ लाख ३० हजार गरी रु १८ करोड ८४ लाख ३४ हजार ७६६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । 

चालू खर्चतर्फ रु दुई करोड ९३ लाख ६५ हजार, पूँजीगततर्फ छ करोड ९७ लाख २५ हजार ७०० विनियोजन गरेको छ भने वडास्तरीय कार्यक्रमका लागि रु दुई करोड ९० लाख, सशर्त अनुदान (कृषि, पशु, शिक्षा र स्वास्थ्य) तर्फ रु छ करोड तीन लाख ४४ हजार विनियोजन गरेको अध्यक्ष यादवले बताउनुभयो । 

त्यस्तै, शिक्षातर्फ प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनका लागि बजेट विनियोजन गरेको छ भने सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गराउने योजना रहेको जनाइएको छ । 

गाउँसभाले विकास निर्माणतर्फ ठोस योजनाका रूपमा २५ किलोमिटर ग्राभेल रिङरोडको विस्तार गर्ने लक्ष्यअनुरुप चालू आवभित्रै दुई किलोमिटर सडक कालोपत्रे गर्ने योजना पारित गरेको अध्यक्ष यादवको भनाइ छ । 

यसैगरी, गाउँसभाले दलित समुदायलाई गाउँपालिकाबाट हुने सिफारिश दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय पारित गरेको जानकारी दिनुहुँदै अध्यक्ष यादवले स्वास्थ्यतर्फ गाउँपालिकाको एम्बुलेन्स खरिद प्रक्रिया र स्वास्थ्य संस्था सुधार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेकोसमेत बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’