२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

२०७४, २० माघ शनिबार ०५:१४

रमेश गिरी/माघ २०, भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । 

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । 

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताउनुभयो । 

पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “हामीले कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सात वटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डर ग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाइै डुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने कार्ययोजना अगाडि बढाएका छाँै ।” 

सडक विभागअन्तर्गत वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले पटक पटक भएको छलफलपछि सुरुङ मार्ग निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुरुङ मार्ग निर्माणको अध्ययन सम्पन्न भइसकेको छ, अब यही फेब्रुअरीको अन्तिममा जापानबाट आउने टोलीले काभ्रेको साँगामा स्थानीयवासीसँग एक पटक छलफल गरी भक्तपुर–साँगा सुरुङ मार्ग निर्माण कार्य थालनी गरिनेछ ।” 

उहाँका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमा भेन्टिलेटर र प्रशस्तै बत्तीको व्यवस्था हुनेछ । चौबीसै घण्टा उज्यालो देखिन्छ । यहाँ अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा जडान गरिएका हुनेछन्, आगलागी भएमा तत्कालै नियन्त्रण गर्न सकिने गरी व्यवस्थापन हुनेछ । 


सुरुङ मार्ग निर्माणका लागि करिब ९५ प्रतिशित काम अगाडि बढिसकेको जानकारी दिँदै श्रेष्ठले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । पलाँसेबाट प्रवेश गरेर साँगा नासिका स्थानमा निस्कने गरी सुरुङ मार्ग निर्माण हुनेछ । सो सुरुङबाट एकै पटक चार वटा गाडी प्रवेश गर्न सक्नेछन् । 

यस्तै कोटेश्वर–जडीबुटी भक्तपुर सडकमा अत्यधिक बढ्दो सडक जाम घटाउनका लागि कोटेश्वरको मुनिभैरव स्थानबाट जडीबुटी निस्कने गरी अर्को सुरुङ मार्ग निर्माण हुने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरु भएको श्रेष्ठले बताउनुभयो । जाइकाकै सहुलियत ऋण सहयोगमा सुरुङ मार्ग निर्माण गर्न जाइका तत्पर रहेको जानकारी दिँदै उहाँले यहाँको सुरुङ मार्गमा पनि बत्ती र क्यामरा राख्ने तथा त्यसको निरीक्षण बाहिरबाट गर्नसक्ने गरी व्यवस्थापन गरिने बताउनुभयो । उहाँका अनुसार यसका लागि आवश्यक सर्वेक्षण तत्कालै अगाडि बढाइनेछ । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जय गौतमले सुरुङ मार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न संस्था तयार रहेको बताउनुभयो । प्राधिकरणकै इञ्जिनीयर धु्रव बाथेगया र निर्देशक बाबुराम पौडेलले विमानस्थललाई कुनै पनि बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न सकिने स्पष्ट गर्नुभयो । 

विमानस्थलको सर्वे लाइट र सुरक्षालाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न उपयुक्त हुने उहाँहरुको भनाइ थियो । कोटेश्वर–धुलिखेल छ लेन सडक विस्तार आयोजनाका प्रमुख राकेश महर्जनले काटेश्वरबाट भक्तपुर हँुदै पूर्व जाने सडकमा सवारी चाप अत्यधिक बढ्दै गएकाले सडक विस्तार र सुरुङ मार्ग निर्माणमा ढिलाइ गर्न नहुने प्रतिक्रिया दिनुभयो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्रनाथ खनालले अहिलेकै सडक संरचनामा सवारी चापलाई व्यवस्थापन गर्न कठिन भइसकेकाले सुरुङ मार्गको काम तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सांसद शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले सुरुङ मार्गसँगै सरकारले गाडी गुड्ने आकाशेपुल निर्माणमा पनि चासो दिनुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम