2026-09-08 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिक्षकलाई नगरपालिकाले तलब वितरण गर्न थाल्यो

माघ २०, काठमाडौँ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । 

संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको हो । 

विभागका प्रमुख उपसचिव मित्रप्रसाद काफ्लेले नगरक्षेत्रभित्रका १५ विद्यालयका १०२ शिक्षकलाई तलब नगरपालिकामार्फत वितरण गर्न थालिएको बताउनुभयो । 

चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई नगरपालिकाले अब मासिक रुपमा दिइरहेको छ । “हामीले चौमासिक रुपमा दिँदै आएको तलबलाई मासिक रुपमा दिन थालेका छाँै”, उहाँले भन्नुभयो, “शिक्षक पनि मासिक रुपमा पाउने भएपछि खुशी भएका छन् ।” 

नगरपालिकाले सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा तलब पठाउने गरेको महेन्द्रग्राम मावि टीकाथलीका प्रअ भरतबहादुर खनालले बताउनुभयो । यसैबीच नगरपालिकाले कक्षा ८ को परीक्षाको तयारी गरेको छ । 

मन्त्रालयले कक्षा ८ को परीक्षा नगरस्तरमा गर्ने भनेपछि तयारी गरिएको उपसचिव काफ्लेले बताउनुभयो । उहाँका अनुसार परीक्षा सञ्चालनका लागि परीक्षा सञ्चालन, व्यवस्थापन र नियमन कार्यविधि २०७४ तयार पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता