2026-10-21 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी

नारायण अधिकारी / माघ २६, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिदँैछ । 

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताउनुभयो । 

ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ । 

दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी 

पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । 

खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ । 

हालसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । 

सडकलाई तीनखण्ड गरेर ठेक्का दिइएको छ । पहिलोखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ छ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । 

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ । 

उक्त सडकखण्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ । खनालका अनुसार यही गतिमा काम भएमा सो खण्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खण्ड पनि चैतसम्ममा भित्तो काट्नु पर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उहाँले बताउनुभयो । 

सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नु पर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ । 

घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो । उता तेस्रो सडकखण्डको भने चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताउनुभयो । 

नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ