2026-08-31 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिति सकिनै लाग्दा पनि काममा अन्योल

माघ २९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल भएको छ । उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । 

ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा पुग्न नसकेको आयोजना स्रोतले जनाएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको नौ ठाउँमा गरी १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नु पर्ने देखिएको बताउनुभयो । ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का मिति सकिन लाग्दासमेत टुंगोमा नपुगेको हो । 

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार क्यान्टिलिभर राख्ने भनिएका ठाउँमा अग्ला पहाड छन् । सो क्षेत्रमा ५ दशमलव ५ मिटर फराकिलो सडक थियो । केही भित्तो काटेर ७ दशमलव ५ मिटर फराकिलो बनाइएको छ । 

खनालका अनुसार ती क्षेत्रमा नौ मिटर फराकिलो सडक बनाउनु पर्ने हुन्छ । सडक छेउको पहाड ५३ मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उहाँले बताउनुभयो । क्यान्टिलिभरबाट एक दशमलव ६५ मिटरसम्म फराकिलो बनाउन सकिने छ । नपुग चौडाइका लागि केही भित्तो काट्न सकिने हुँदा क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ छ । 

सो क्षेत्रमा सडकभन्दा तल त्रिशूलीसम्म पनि ठाडो भिर छ भने माथि पनि ठाडै पहाड छ । ठूला ठूला आरसिसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो । नेपालमा हालसम्म भएकाभन्दा उच्चस्तरको क्यान्टिलिभर यहाँ निर्माण गर्ने योजना बनाइएको छ । क्यान्टिलिभर उठाउने, जडान गर्नेलगायतका काममा थप रकम ठेकेदारलाई दिनुपर्ने हुन्छ । जसका लागि ठेकेदार कम्पनीले रु पाँच करोडभन्दा बढी माग गरेको आयोजना स्रोतले जनाएको छ । आयोजनाले यसरी काम थप हुँदा सरकारी नियमअनुसार मात्रै दिने जनाउँदै आएको छ । 

उक्त क्षेत्रको ठेक्का सुप्रिम रौताहा जेभीको पाएको छ । आयोजनाको ठेक्का मिति आउँदो साता सकिँदैछ तर ठेकेदार कम्पनीले गतवर्षको वर्षात्, स्थानीय, प्रदेश र संघको निर्वाचन, चाडपर्वलगायतका कारण काम गर्न नपाएको भन्दै समय थप माग गर्दै आएको छ । 

हालसम्म तीन वटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडक ३३दशमलव २ किलोमिटर लामो छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । समग्रमा उक्त सडकखण्डमा ७४ प्रतिशतमात्रै काम भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै