२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसिकोट नगरपालिकाको कार्य विवरणः हुने विरुवाको चिल्लो पात

२०७४, २ फाल्गुन बुधबार १५:२६

प्रेम सुनार/फागुन २, गुल्मी । मुुसिकोट नगरपालिकाले मंगलबार पत्रकारहरु समक्ष सार्वजानिक गरेको सुरुवाती कार्य विवरण हुने विरुवाको चिल्लो पातका रुपमा लिईएको छ ।  

पदभार ग्रहण गरेको आठ महिनामा  सो नगरपालिकाले सवै वडाहरुमा सडक सुचारु , खानेपानी समस्याको समधानका लागि सुरु गरेका योजनाहरु ,  वेरोजगारी र गरिवी न्युनिकरणमा गरेका  कामहरु  र यसले चुनावताका घोषणा गरेका कुराहरु कतिपय पुरा भई सकेको र कतिपय हुने चरणमा देखिएकोले संकेत हुने विरुवाको चिल्लो पातका रुपमा  लिईएको हो । 


मुसिकोट नगरपालिकाले गत साउन २५ गते सार्वजनिक गरेको बजेटको अहिले सम्म करिब २२ प्रतिशत रकम खर्च गरेको बताएको छ । सामाजिक सुरक्षा भत्ता बाहेक अन्य शीर्षकमा गरी सो बराबरको खर्च भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख सोमनाथ सापकोटाले अहिले सम्म नगरको ४१ करोड ४३ लाख ७४ हजार ८ सय ४६ मध्ये करिब २२ प्रतिशत अर्थात ८ करोड ७७ लाख १७ हजार ५ सय ९३ रुपैया ५७ पैसा खर्च भएको छ ।

नगरप्रमुख सापकोटाले सात महिनामा ४० प्रतिशत काम सम्पन्न गरेको भएपनि जम्मा २२ प्रतिशत रकम मात्र भुक्तानी भएको जानकारी दिए । उनले बाँकी काम सम्पन्न भइसकेका योजनाहरुको पनि भुक्तानी दिने क्रम चलिरहेको जानकारी दिए । त्यसैगरी नगरपालिकाले आउँदो चैत्र सम्म ६० प्रतिशत रकम खर्च गर्ने र आषाढ सम्ममा सबै रकम खर्च गर्ने योजना राखेको बताइएको छ । आर्थिक बर्षको अन्त्य तिर मात्र रकम खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नै गरी काम भइरहेको सापकोटाले बताए ।

मुसिकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले सपथ खाएको १०० दिन भित्रमा नगरपालिकालाई उज्यालो नगरपालिका घोषणा गर्े अनुरुप  एकाधा घरमा उनिहरुको आफ्नै  समास्या वाहेक उज्यालो नगर बनाई सकेको छ ।  

मेयर सोमनाथ  सापकोटाले प्रदेश र प्रतिनिधि सभाको चुनावको आचारसंहिता लागु भइसकेको कारण उज्यालो नगर घोषणा कार्यक्रम प्रभावित भएको भएपनि नगरभित्र रहेका ३ सय ९९ बिद्युत नपुगेका घरहरुमा बिद्युत पुर्याइएको जानकारी दिए ।

नगरपालिकाले अहिले सम्म पदाधिकारी आचारसंहिता, नगर कार्यपालिका कार्यबिभाजन नियमावली, नगरसभा सञ्चालन नियमावली, नगरसभा कार्य सम्पादन नियमावली, नगरकार्यपालिका बैठक सञ्चालन नियमावली, विनियोृजन ऐन, आर्थिक बिधेयक, आर्थिक कार्यविधि नियमित र ब्यबस्थित गर्ने कानुन, बस्ती बिकास कार्यक्रम कार्यान्वयन कार्यविधि तथा शिक्षा नियमावली लगायतका १० नियमावलीहरु पारित गरेको जानकारी दिए ।

अहिले सम्म १५८ योजना सम्झौता भइसकेको, ९९ योजनाको रकम भुक्तान भइसकेको, ३०÷७० कार्यक्रमका खानेपानी योजना ५, ५०र५० कार्यक्रमका खानेपानी योजनाहरु २ वटा तथा काम सम्पन्न भइ भुक्तान हुन बाँकी ४५ योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


नगरपालिकामा अहिले सम्म उपसचिब १ जना, शाखा अधिकृत ८ जना, इन्जिनियर २ जना, लेखापाल १ जना, नासु १४ जना, सब इन्जिनियर १ जना, असिसटेन्ट इन्जिनियर १ जना, खरिदार २ जना, कम्प्युटर अपरेटर १ जना, बाँकी कार्यालय सहायक र कार्यालय सहयोगी गरी ५४ जनाको दरबन्दी भएपनि ३४ जना मात्रै कर्मचारी रहेको कारण कार्यसम्पादनमा समस्या भइरहेको छ । नगरप्रमुख सापकोटाले स्थानीय सरकार भन्ने तर काम गर्ने अधिकार केही पनि नदिदा पनि समस्या भइरहेको बताए ।

मुसिकोट नगरपालिका भित्र रहेका ७ सय २४ जना भुकम्प पीडित मध्ये हालसम्म ६ सय ९८ जनाको घर निर्माणको सम्झौता भइसकेको बाँकी लाभग्राहीको सम्झौता गर्न बाँकी रहेको, ५ सय २६ ले पहिलो किस्ता बापतको रकम लिएको, २२ जनालाइ दोस्रो किस्ताको सिफरीस भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पुननिर्माणको लागि हाल सम्म ५६ जना डकर्मीलाइ तालीम दिइएको भएपनि ७ सय बढी घर बनाउन त्यो जनशक्ति अपुग हुने नगरपालिकाको भनाइ छ ।

शिक्षा तर्फ नगरपालिका भित्र रहेका बालशिक्षा दरबन्दी नपाएका बिद्यालयमा बालशिक्षा कोटा प्रदान गरी शिक्षक नियुक्ती गरीएको, पिसिएफ कार्यक्रम सञ्चालन गरीएको जानकारी गराइएको थियो ।

त्यसैगरी खानेपानी तर्फ यस आर्थिक बर्ष भित्र नगर भित्रका १ हजार घरधुरीलाइ एक् घर एक धाराको अभियानमा सामेल गराउने गरी काम अघि बढेको जानकारी गराइएको थियो ।

त्यसैगरी गरिवी निवारणको निम्ती करेसाबारी लगायतका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको, विभिन्न कृषि सम्बन्धी तालिमहरु सञ्चालन गर्न लागिएको जानकारी गराइएको थियो ।

यही रफ्तारमा काम हुने हो भने निर्वाचनको समयमा ५ बर्षमा गर्ने भनिएका प्रतिबद्धताहरु पुरा गर्न सकिने नगरप्रमुख सापकोटाको बिश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा