2026-08-31 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ-मुग्लिन सडकमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल

फागुन १७, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । 

सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो । 

मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एककिलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो । 

ती ठाउँमा शुरुमा सडक पाँच दशमलव पाँचदेखि छ मिटरसम्म फराकिलो थियो । भित्तो काटेर हाल सात दशमलव पाँच मिटरसम्म फराकिलो भएको छ । सम्झौताअनुसार ती ठाउँमा सडक नौ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ । 

ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभिले क्यान्टी लिभर राख्न अस्वभाविक रुपमा थप रकम माग गरेपछि सो तयारी असफल भएको हो । सो क्षेत्रमा सडक चौडा गर्न परामर्शदाता कम्पनीले तीनवटा विकल्प दिएको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनाल बताउनुहुन्छ । 

पहिलो विकल्प क्यान्टी लिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प आठ मिटर सडक चौडा गर्ने रहेको थियो । ठेकेदार कम्पनीले तेस्रो विकल्प रोज्दै क्यान्टी लिभर राख्ने भए रु छ करोड थप रकम माग गरेको आयोजनाले जनाएको छ । त्यति ठूलो रकम मापदण्डअनुसार दिन नमिल्ने खनालले बताउनुभयो । 

आयोजना सम्झौता गरिएअनुसार नौ मिटर फराकिलो बनाउनु पर्छ भन्ने पक्षमा रहेको छ भने विभागका उच्च कर्मचारीलाई प्रभावमा पारेर आठ मिटर मात्र सडक फराकिलो वनाउन ठेकेदार कम्पनी लागि परेको छ । 

सडक सम्झौता गरेअनुसार फराकिलो बनाउनु पर्ने अडान लिँदै आउनुभएका सो आयोजनाका प्रमुख इन्जिनियर चन्द्रनारायण यादव निवृत्त भएसँगै क्यान्टी लिभर राख्ने कुरा हराएको छ भने सडक आठ मिटर कायम गरेर काम सम्पन्न गर्ने तयारी गरिएको छ । 

सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठ क्यान्टी लिभर राख्ने भनिएका ठाउँको सडकमुनि खोक्रो भएकाले क्यान्टी लिभर राख्न काट्दा बाटो भाँसिएर चार मिटरमा कायम हुनसक्ने खतरा रहेको बताउनुहुन्छ । 

नियन्त्रित विस्फोट गर्दा पनि १०० मिटर माथिबाट काट्दै आउनु पर्ने भएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ । उहाँले आठ दशमलव दुई मिटरसम्म फराकिलो गर्नसक्ने भएकाले क्यान्टी लिभर र भित्तो काट्ने काम आवश्यक नभएको बताउनुभयो । 

आयोजनाका प्राविधिक भने सडकको सो भागको ठेक्का रकम मात्र रु एक अर्ब ३० करोड भएकाले ठेकेदारलाई काम नै नगरी उन्मुक्ति दिन नहुने बताउँछन् । एक इञ्जिनियरले भन्नुभयो, “एउटा गाडी बिग्रँदा अरु दुई गाडी आवतजावत गर्नका लागि नौ मिटर चाहिन्छ । यो अडान लिने प्रमुख निवृत्त भएकाले विभागलाई प्रभावमा पारेर ठेकेदार कम्पनी उम्किन खोज्दै छ ।” 

ठेकेदार कम्पनीका प्रबन्धक शिशिर कन्दङ्वाले सो सडकको ५० मिटर भागमा बाहेक अन्यत्र नौ मिटर फराकिलो हुने भएकाले क्यान्टी लिभर र नियन्त्रित विस्फोट गराएर सो ठाउँमा भित्तो काट्न नपर्ने बताउनुभयो । सोही खण्डको चेपाङ डाँडामा भने नियन्त्रित विस्फोट गराएर भित्तो काट्नु पर्ने ठेकेदार कम्पनीले माग गर्दै आएको छ । 

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खानल सो ठाउँमा ३०० मिटर लम्बाइमा भित्तो काट्नु पर्ने बताउनुहुन्छ । त्यहाँ पहाड ४४ मिटर अग्लो रहेको छ । 

एक वर्ष अघिदेखि भित्तो काट्दै आएको भए पनि उपलब्धि हुन नसकेको उहाँको भनाइ छ । सो ठाउँमा पनि नियन्त्रित विस्फोट गराउने कुरामा आयोजना र विभाग सकारात्मक रहेको छ । 

उक्त सडकको आँपटारीबाट १६ किलोमिटर मुग्लिनतर्फसम्म ११ मिटर र त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाउने सम्झौता रहेको छ । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै