२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरको फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव हुने

२०७४, १९ फाल्गुन शनिबार ०१:०५

फागुन १९, मकवानपुर | राम नमवीको अवसर पारेर चैत्र ९ गते देखि मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा “फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” हुने भएको छ । 

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दोश्रो व्यापारी केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा हुन लागेको आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

 चैत्र ९ गते देखि चैत्र १३ गते सम्म संचालन हुने महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक टेक बहादुर डिम्डुङले जानकारी दिनु भयो । महोत्सवमा मुख्य आकर्षणहरुको रुपमा जिल्लाकै पहिलो राष्ट्रिय दोहोरी गित प्रतियोगिता, नृत्य प्रतियोगिता, मयुरनाच, पञ्चेबाजा प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सँगै विभिन्न त्यहाँ उत्पादित कृषि उत्पादनहरुको  प्रत्यक्ष अवलोकन रहेको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख शंकर कुमार पराजुलीले जानकारी दिनु भयो ।  

पत्रकार सम्मेलनमा संयोजक टेक बहादुर डिम्डुङले फापरवारीको कलालाई संरक्षण गर्न, बोतेनीको ताजा कफी तथा त्याहाँ उत्पादित फलफुलहरुलाई प्रचार प्रसार गर्न, त्यहाँ प्रचलित लोक भाकाहरुलाई संरक्षण गर्न,लोक संस्कृतिक झल्किने गरी कला र गलाको चिनारी गर्न, कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहनेछ भन्ने आभाष गराउर्न र स्थानीय उत्पादनलाई प्रचार प्रसार गरि त्यस भेगलाई पर्यटकको केन्द्र विन्दुको रुपमा चिनाउनको लागि यस महोत्सवको आयोजना गर्न लागेको बताए । 

महोत्सवको टिकट शुल्क नभएको बताउदै दैनिक ३० हजार देखि ४० हजार र्दशकले अवलोकन गर्ने अपेक्षा रहेको बताए । महोत्सवमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ । महोत्सव अवधिभर सांगीतिक कार्यक्रम बाहेक विभिन्न खेलकुदहरु समेत रहेको आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह