४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरको फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव हुने

१९ फाल्गुन २०७४, शनिबार ०१:०५

फागुन १९, मकवानपुर | राम नमवीको अवसर पारेर चैत्र ९ गते देखि मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा “फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” हुने भएको छ । 

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दोश्रो व्यापारी केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा हुन लागेको आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

 चैत्र ९ गते देखि चैत्र १३ गते सम्म संचालन हुने महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक टेक बहादुर डिम्डुङले जानकारी दिनु भयो । महोत्सवमा मुख्य आकर्षणहरुको रुपमा जिल्लाकै पहिलो राष्ट्रिय दोहोरी गित प्रतियोगिता, नृत्य प्रतियोगिता, मयुरनाच, पञ्चेबाजा प्रतियोगिता, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति सँगै विभिन्न त्यहाँ उत्पादित कृषि उत्पादनहरुको  प्रत्यक्ष अवलोकन रहेको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख शंकर कुमार पराजुलीले जानकारी दिनु भयो ।  

पत्रकार सम्मेलनमा संयोजक टेक बहादुर डिम्डुङले फापरवारीको कलालाई संरक्षण गर्न, बोतेनीको ताजा कफी तथा त्याहाँ उत्पादित फलफुलहरुलाई प्रचार प्रसार गर्न, त्यहाँ प्रचलित लोक भाकाहरुलाई संरक्षण गर्न,लोक संस्कृतिक झल्किने गरी कला र गलाको चिनारी गर्न, कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहनेछ भन्ने आभाष गराउर्न र स्थानीय उत्पादनलाई प्रचार प्रसार गरि त्यस भेगलाई पर्यटकको केन्द्र विन्दुको रुपमा चिनाउनको लागि यस महोत्सवको आयोजना गर्न लागेको बताए । 

महोत्सवको टिकट शुल्क नभएको बताउदै दैनिक ३० हजार देखि ४० हजार र्दशकले अवलोकन गर्ने अपेक्षा रहेको बताए । महोत्सवमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ महोत्सवमा राष्ट्रिय कलाकार सहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ । महोत्सव अवधिभर सांगीतिक कार्यक्रम बाहेक विभिन्न खेलकुदहरु समेत रहेको आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै