२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नहर मर्मत-सम्भारपछि जलविद्युत् सेवा

२३ फाल्गुन २०७४, बुधबार ०९:०१

फागुन २३, गुल्मी (रासस) | गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत् सेवा सञ्चालन भएको छ । 

मुसिकोट नगरपालिका–७ मा रहेको दरमखोला जलविद्युत् परियोजना लि.द्वारा सञ्चालित जलविद्युत् परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत् सेवा सञ्चालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । गत फागुन ८ गते बुधबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा मंगलबारदेखि पुनः सञ्चालन गरिएको हो । 

पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालन भएसँगै नगरपालिकाका २, ४, ७ र ८ गरि चारवटा वडाका झण्डै ९०० घरधुरीमा बिजुली बत्ती बलेको छ भने विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, सञ्चारमाध्यम, कुटानी–पिसानीलगायत विद्युतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । दुई हप्तादेखि अन्धकारमा बसेका स्थानीय बासिन्दा र विद्यार्थी विद्युत् सेवा सञ्चालन भएपछि विद्युत्मार्फत आफ्ना दैनिकीमा सहज हुने हँुदा निकै हर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…