४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको विकास निर्माणमा नेपाली सेनाको साथ, के-के हुँदैछ काम ?

२३ फाल्गुन २०७४, बुधबार ०९:०५

उमा केसी | फागुन २३, रोल्पा (रासस) | जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । 

सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ । विद्यार्थीलाई सामूहिक रुपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल गणले जानकारी दिएको छ । 

विद्यालयमा रहेका शौचालय पुराना हुनाका साथै विद्यार्थीको चापअनुसार पर्याप्तसमेत नभएकाले निर्माणका लागि सेनासँग गरिएको अनुरोधका आधारमा सुविधायुक्त शौचालय निर्माण भइरहेको तारा मावि वामरुकका प्रधानाध्यापक ओवीलाल महराले बताउनुभयो । शौचालय निर्माण सँगै विद्यालयका ४८० विद्यार्थी र १५ जना शिक्षकलाई सुविधा पुग्ने महराले बताउनुभयो । 

सेनाको सहयोगले विद्यालय सरसफाइमा महत्वपूर्ण सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कँवरले आशा व्यक्त गर्नुभयो । यसपूर्व निर्माण गरिएका शौचालयमा पानीको सुविधा नहुनाका साथै अपांगमैत्रीसमेत नभएकामा सेनाको सहयोगमा निर्माण गरिएका शौचालयमा सुविधायुक्त रहेको कँवरले बताउनुभयो । “विद्यालय सुधारका लागि आगामी दिनमा समेत सेनाको सहयोगको अपेक्षा गरेका छौँ”, कँवरले भन्नुभयो । 

उता रोल्पा नगरपालिकाकै खुमेलमा खड्ग दल गणका गणपति अजय गुरुङको व्यक्तिगत लगानीमा ‘समाज घर’ निर्माण कार्य भइरहेको छ । सामाजिक काम गर्दा रूखमुनि बस्न बाध्य भएको भन्दै समाज घर निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरेकाले जनताको श्रमदान र गणपतिको आर्थिक सहयोगमा सो घर निर्माण भइरहेको बताइएको छ । जनता घर निर्माण सँगै महिला समूहको बैठक, प्रौढ कक्षा सञ्चालन लगायतका सामाजिक काममा सहज हुने स्थानीयवासीले बताएका छन् । 

यसपूर्व नेपाली सेनाको खड्क दल गण, रोल्पाले आफ्नै लगानीमा विद्यालय भवन, सडक निर्माण, खेलमैदान निर्माण लगायतका काम गरिसकेको थियो । विकासमा पछाडि परेको उत्तरी रोल्पाको विकास गतिविधिलाई प्राथमिकता दिएको सेनाले जनताको मागको आधारमा जिल्लाका अन्य स्थानमा समेत सहयोग गरिरहेको बताइएको छ । २५ वर्षअघि निर्माण आरम्भ गरिए पनि सम्पन्न हुन नसकेको सुलिचौर–थवाङ सडकको सिरक्याङ भिर नेपाली सेनाद्वारा फोडिए सँगै यसै वर्षदेखि सवारी साधन आवतजावत गर्न थालेका छन् । कडा चट्टान र भिरालो जमिनका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदै आएकोमा नेपाली सेनाले निर्माणको जिम्मा लिएसँगै सो कार्य यसै वर्ष सम्पन्न भएको हो । 

उता समुदायकै लगानीमा नमूना विद्यालय अभियान सञ्चालन गरेको वीर बलभद्र मावि थवाङमा भवन नहँुदा विद्याथी चौरमा पढ्न बाध्य हँुदै आएकामा नेपाली सेनाकै सहयोगमा विद्यालय भवन निर्माण भएको थियो । विशेषज्ञ डाक्टरको उपस्थितिमा रोल्पाको थवाङमै नेपाली सेनाले स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो । 

होलेरी–थवाङ शहीद मार्गअन्तर्गत दुईखोली सडकखण्डको पहरा काट्ने कामसमेत नेपाली सेनाको सहयोगमा यसै वर्ष सम्पन्न भएको थियो । जनताको मागका आधारमा जिल्लाका विभिन्न स्थानमा विकास निर्माणका काममा सहयोग हुँदै आएको खड्ग दल गणका गणपति अजय गुरुङले बताउनुभयो । 

“जनतासँग सहकार्य गरेर काम गरिरहेका छौँ”, गुरुङले भन्नुभयो । जनताको श्रमदान एवम् आफूहरुको मानवीय र आर्थिक सहयोगमा विकास निर्माणका काम भइरहेको नेपाली सेनाको खड्ग दल गणले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता